fbpx

डेभिड बेकह्यामलाई उछिन्दै ऋतिक रोशन बने विश्वकै ह्यान्डसम व्यक्ति

विराटनगर,
बलिउडका चर्चित अभिनेता ऋतिक रोशन विश्वभरिकै सबैभन्दा ह्यान्डसम व्यक्तिको सूचीमा परेका छन् । राम्रो अभिनयका साथै आकर्षक शरीर, सुन्दर व्यक्तित्व भएका ‘टप ५ मस्ट ह्यान्डसम म्यान इन द वल्र्ड अगस्ट २०१९’ को सूचीमा परेका छन् भने उनले पहिलो स्थानसमेत हासिल गरेको विभिन्न भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ ।

‘मस्ट ह्यान्डसम म्यान इन द वर्ल्ड अगस्ट २०१९’ को सूचीमा ऋतिकले क्रिस इभान्स, डेभिड बेकह्याम तथा रोबर्ट प्याटिन्सनलगायतलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका छन् । ऋतिकको फिट शरीर अभिनय, एक्सन, डान्स लगायतका सबै विधामा उत्कृष्ट छन् । केही समयअघि उनको मुख्य भूमिका भएको फिल्म ‘सुपर ३०’ ले निकै राम्रो व्यापार गरेको थियो ।

ऋतिक र एक्सन हिरो टाइगर श्राफ एकसाथ एउटै फिल्ममा अभिनय गरेको फिल्म ‘वार’ असोज १५ गते रिलिज हुने भएको छ । फिल्ममा ऋतिक र टाइगरको दुश्मनी देखाइएको छ । फिल्ममा वाणीले यी दुईसँग रोमान्स गरेकी छन् । फिल्मलाई निर्देशक सिद्धार्थ आनन्दले निर्देशन र आदित्य चोपडाले निर्माण गरेका हुन् ।

अभिनय, बडी र डान्सका कारण चर्चामा आउने टाइगर र ऋतिकलाई संगै हेर्न दर्शकहरु निकै उत्साहित रहेका छन् भने फिल्ममा अहिलेसम्म कुनै फिल्ममा पहिला कहिल्यै नदेखेको अद्भुत एक्सन देखिने भएको छ । विभिन्न ६ वटा देशमा छायाँकन गरिएको फिल्मलाई हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिने छ ।

Loading...