fbpx

२ वर्षपछि रियल मड्रिड बार्सिलोभन्दा अगाडि !

एजेन्सी,
नयाँ सिजनको ला लिगामा रियल मड्रिडले सुखद सुरुआत गर्यो । शनिबार भएको खेलमा उसले सेल्टा भिगोलाई ३–१ गोलले हराउँदै सन् २०१८–१९ को ला लिगामा सुखद सुरुआत गरेको हो ।

game

सेल्टा भिगोकै घरेलु मैदानमा भएको सो खेलमा उसलाई जिताउन करिम बेन्जेमा, लुकास भास्क्वेज र टोनी क्रुसले समान एक–एक गोल गरेका थिए । उसले यस खेलमा जित निकालेसँगै ला लिगाको शीर्ष स्थान कब्जा गरेको छ ।

उसले २ वर्षपछि ला लिगामा बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थान बनाएको हो । सन् २०१६–१७ को सिजनपछि पहिलो पटक उसले बार्सिलोनाभन्दा अगाडि स्थान बनाएको हो । ८ सय १८ दिनपछि ला लिगाको अंक तालिकोको शीर्ष स्थानमा आफूलाई उभ्याउन सफल भएको हो ।

उसले नयाँ सिजनमा क्लबमा भित्रिएका स्टार इडेन हाजार्डबिना नै उक्त उपलब्धी बनाउन सफल भयो । चोटका कारण हाजार्डले गए रातिको खेल खेल्न पाएनन् । उसलाई यो उपलब्धी दिलाउन करिम बेन्जेमा, लुकास भास्क्वेज र टोनी क्रुसका साथै मार्सेलो, ग्यारेथ बेलले सहयोग गरेका थिए । करिम बेन्जेमाले एक गोल र एक असिस्ट गर्दा मार्सेलो र बेलले समान एक–एक गोलमा पास मिलाएका थिए ।

सन् २०१६–१७ को सिजनमा उसले बार्सिलोनालाई पछि पार्दै उपाधि जितेको थियो । उसले बार्सिलोनालाई मात्र तीन अंकले पछि पार्दै उपाधि जितेको थियो । तर, सन् २०१७–१८ को सिजनमा भने ऊ तेस्रो भयो । बार्सिलोनाले रियललाई १७ अंकले पछि पार्दै उपाधि हात पारेको थियो । उक्त सिजन एथ्लेटिको मड्रिड दोस्रो भएको थियो ।

यस्तै सन् २०१८–१९ को सिजनमा पनि ऊ तेस्रो नै भयो । बार्सिलोनाले उसलाई १९ अंकले पछि पार्दै उपाधि जितेको थियो । सो सिजन पनि एथ्लेटिको मड्रिड दोस्रो भएको थियो । तर, २०१९–२० को सिजनको पहिलो खेल जितेको रियलले शीर्ष स्थान बनाएको छ ।

साबिकको विजेता बार्सिलोना पहिलो खेलमा हारेपछि यो सम्भव भएको हो । बार्सिलोना ला लिगाको उद्धाटन खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोलले हारेको थियो । एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोनाले हारेपछि रियलले शीर्ष स्थान बनाएको हो ।

Loading...