fbpx

के गरे परिन्छ आत्महत्या दुरुत्साहनमा ?

विराटनगर । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्यापछि गरेपछि दुरुत्साहन आरोपमा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि आत्महत्या दुरुत्सहनका विषयमा चर्चा चुलिएको छ ।

गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले समेटेको नयाँ व्यवस्थामध्ये एक हो आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय । संहिताको दफा १८५ मा भनिएको छ, कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो का गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन् । यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कान्तिपुर दैनिकमा खबर छ । छिमेकी मुलुक भारतलगायतका देशमा यस्तो व्यवस्था पहिलेदेखि नै भएपनि नेपालमा भर्खरभर्खरै कानुन आएको छ ।

यो विषयमा सर्वाेच्च अदालतले नजिर समेत प्रतिपादन गरिसकेको छैन् । त्यसैले कस्ता घटनालाई आत्महत्याको दुरुत्साहन मान्ने र कस्तालाई नमान्ने भन्ने प्रष्ट भइसकेको छैन् । सही काम गर्दा त्यसको परिणामले कसैले आत्महत्या गरेमा त्यो दुरुत्साहन नहुने बरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । कसैले कसैको गोपनीयता भंग हुने प्रमाण भेला गरेर बार्गेनिङ गरेमा वा कुने काम गरेर आत्महत्या गरेको भए त्यसलाई दुरुत्साहनको अभियोग लगाउन सकिने उनको भनाई छ ।

Loading...