fbpx

पत्रपत्रिकामा प्रदेश : मुआब्जा खोज्दै तीन पुस्ता बित्यो

विराटनगर ।

कोशी व्यारेजमा अनसन सुरु भएको खबरलाई आजका पत्रपत्रिकाले मुख्य पृष्ठमा छापेका छन् । उद्घोष दैनिकब्लाष्ट टाइम्समा कोशी व्यारेजपिडितहरुको अनसन सुरु भएको समाचा । तीन पुस्तादेखि मुआब्जाकालागि संघर्ष गरिहेका कोशी पीडितले शनिबारदेखि सप्तरी र सुनसरीको सिमा रहेको व्यारेजमा रिले अनसन सुरु गरेका हुन् ।

कोशी नदी डुवान कटान पीडित संघर्ष समितिको अगुवाईमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले व्यारेजमा आमसभा गरेपछि रिले अनसन सुरु गरेका हुन् । रिले अनसनको पहिलो दिन कोशी नदी कटान डुबान पीडित संघर्ष समिति सप्तरी, सुनसरी, उदयपुरका संयोजक महिदेवप्रसाद चौधरी, संविधानसभाका सदस्य मानपुर चौधरी, उमेश मिश्र, घनस्याम झा, विजय यादव लगायतका ११ जना रिले अनसनमा बसेका छन् । प्रदर्शनकारीले मुआब्जा र क्षतिपुर्ति नपाएसम्म आन्दोलन जारी राख्ने बताएकाछन् । भारत सरकारले जग्गा अधिग्रहण गरेको ६ दशक वितेपनि सम्झौता अनुसार मुआब्जा नदिएपछि उनीहरु अनसन बस्न बाध्य भएका हुन् ।

लगानी सम्मेलनको तयारी थाल्न मुख्यमन्त्री शेरधन राईले निर्देशन दिएको खबर उद्घोष दैनिकमा छ । प्रदेश १ का मुख्यमन्त्री राईले तयारी सुरु गर्न सम्वद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् । सम्मेलनकालागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिएका छन् । प्रदेश सभाबाट सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभामा छलफल सकिएको र पारित हुन लाग्दा मुख्यमन्त्री राईले तयारी सुरु गर्न निर्देशन दिएका हुन् । विधेयक पारित भएको एक महिना भित्र लगानी सम्मेलन गर्ने प्रदेश सरकारको आन्तरिक तयारी छ ।

पियू सेवा आयोगका अध्यक्षले जवरजस्ती गरेको आरोप शिर्षकमा जनविद्रोह दैनिकमा मुख्य समाचार छ । पुर्वाञ्चल विश्वविद्यालय (पियू) सेवा आयोगले नियमावली विपरित प्राध्यापक नियुक्तीको प्रकृया अघि बढाउन अन्र्तवार्ता लिन खोजेपछि विद्यार्थीहरुले हस्तक्षेप गरि सेवा आयोगका अध्यक्ष प्राध्यापक बद्रीनाथ श्रेष्ठको योजना असफल बनाएका छन् ।

सेवा आयोगका अध्यक्ष श्रेष्ठले शुक्रबार आफ्नै क्वार्टरमा व्यवस्थापनतर्फका प्राध्यापक र सहप्राध्यापक पदका आवेदकसँग अन्तरवार्ता लिन र नतिजा प्रकाशन गर्ने तयारी गरेका थिए । तर विद्यार्थीहरुले अध्यक्षको निवास घेराउ गरे । अन्तरवार्ताकालागि एकजना प्राध्यापक भित्र गएपनि सेवा आयोगका सदस्य महेन्द्र्रनारायण यादवलाई विद्यार्थीहरुले भित्र पस्नै दिएनन् । विद्यार्थी नेता भाष्कर खनालले सेवा आयोगका अध्यक्षले पटक पटक जबरजस्ती प्राध्यापक नियुक्ती गर्न खोजेपछि विद्यार्थीहरुले विरोध गर्नु परेको बताए ।

Loading...