fbpx

पत्रपत्रिकामा देश : रोकिएन चुरे दोहन

विराटनगर । प्रदेश नम्बर १ का ७ जिल्लामा फैलिएको चुरे क्षेत्र अतिक्रमणको चपेटामा परेको खबर अन्नपूर्ण पोष्टमा मुख्य पृष्ठमा छ । चुरे क्षेत्रका रुख, वन्यजन्तु र गिटी बालुवा पनि चोरी निकासी हुने गरेको छ । अवैध उत्खनन्ले पहिरो र कटान समेत बढ्दै गएको छ ।

मोरङ, झापा, सुनसरी इलाम उदयपुर, धनकुटा र भोजपुर जिल्लामा फैलिएको चुरे वन क्षेत्र फैलिएको छ । काठ दाउरा र गिटी बालुवा चोरी निकासी बढीरहेको इलामको माङ्सेबुङ गाउपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगले बताए । सिन्धुलीमा चुरे विनासले १० हजार बिघा जग्गा बगरमा परिणत भएको छ । देशमै सबै भन्दा बढी चुरे क्षेत्र भएको चारकोसे जंगल सामुदायिक वनका पदाधिकारी र स्थानीयकै मिलेमतोमा अतिक्रमण तथा चोरी निकासी हुदै आएको छ । वन विनासको कारण कटान र पहिरोले उदयपुरको १० हजार बिघा जग्गा बगर बनेको हो ।

अन्नपूर्ण पोष्टमा नै मुख्यपृष्ठमा नेकपामा बामदेव गौतम शक्तिशाली भएको खबर छापिएको छ । उनले संगठन विभागको नेतृत्वका साथै पार्टी उपाध्यक्ष पद पनि पाउने भएका हुन् । उनकै लागि नेकपाले विधान समेत संसोधन गर्ने भएको छ । अब गौतम मर्यादाक्रममा ५ औँ नम्बरमा रहेपनि शक्तिशाली हुने छन् । उनी किसान महासंघको संयोजक समेत हुन् ।

कान्तिपुर दैनिकमा किर्ते तमसुकलाई तीन न्यायाधीशले सद्दे ठहर गरेको समाचार छ । बालुवाटारको जग्गा हत्याउने प्रमुख योजनाकार भनिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधिशले सद्दे भनी फैसला गरेका हुन् । किर्ते तमसुकलाई तत्कालीन जिल्ला न्यायाधीश नगेन्द्रलाल कर्ण, पुनरावेनक अदातलका न्यायाधीश विनारायण यादव र नारायणप्रसाद श्रेष्ठले शंकास्पद रुपमा सद्दे ठहर गरेको पाइएको कान्तिपुरमा उल्लेख छ ।

पटक पटक गरि १६ लाख ऋण लिएका ढकालले तिर्नु पर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै २ करोड रुपैयाँको नक्कली तमसुक बनाएको भेटिएको हो । जग्गा किन्नलाई हस्ताक्षर र औठाछाप गरिदिएको खाली कागजमा मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरि तमसुक बनाएका हुन् । ढकालले पत्नी उमा ढकाल्नीको नामबाट तमसुक किर्ते गरेका हुन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा पौने ५ करोड बेरुजु, १ लाख ५० हजारको थर्मस र ५५ हजारको तौलिया शिर्षकको समाचार समेत रहेको छ । ४ करोड ४६ लाख भन्दा बढी रकम अनियमित खर्च गरेको पाइएको हो । हाल विघटित अयोगले गाडी, ल्यापटप, लगायतका सामग्री खरिद जिल्ला जिल्लामा गरिएका कार्यक्रममा भत्ता वितरण लगायतका शिर्षकमा अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै नगरिक दैनिकमा नेकपामा राष्ट्रपतिको सक्रियता जबजलाई जोगाउन बामदेवलाई उपाध्यक्ष शिर्षकमा मुख्य खबर छ । नेकपाको विवाद एकाएक साम्य भएको देखिएपनि वामदेवलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । एकिकरण भएको १५ महिना पछि विधानविपरीत गौतमलाई उपाध्यक्ष र झलनाथ खनाललाई तेश्रो बरियतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो । श्रोतका अनुसार पार्टीको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी आफै सकृय थिइन् ।

Loading...