fbpx

स्वास्थ्य अवस्थाका विषयमा प्रधानमन्त्रीले संसदमा जानकारी गराउने

काठमाडौं ।

सिंगापुरमा स्वास्थ्य उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो स्वास्थ्यको विषयमा आइतबार संसदलाई जानकारी गराउने भएका छन् । उनले आइतबारको संसद बैठका सम्बोधन गर्ने भएका हुन् । ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले पनि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भनेर संसद सचिवालयमा जानकारी गराएको बताएकाछन् ।

प्रधानमन्त्री ओलीले समसामयीक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका प्रश्नको जवाफ पनि दिनेछन् भने आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराउने छन् ।

Loading...