fbpx

रेडहर्ष इलाम पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ ।

रेडहर्ष क्लब इलाम ताप्लेजुङमा जारी चौँथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सनिबारको खेलमा इलामले फिदिम स्र्पोटिङ क्लबलाई ट्राइब्रेकरमार्फत ३–२ गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि ट्राइब्रेकरमा इलामको तर्फबाट टेम्पे, फोफोना र बिवेक राईले गोल गरे । प्रदीप विष्ट र हरि सिटौला गोल गर्न चुके । फितलो प्रहारलाई फिदिमका गोलकिपर सुरेश गुरुङले बचाए । फिदिमका लागि सरन बस्नेत र गजिन राईले गोल गरे । प्रविन जबेगु, जमिन लक्समको प्रहार सौरभ सुवेदीले बचाए । मनोज गुरुङको प्रहार गोलपोस्ट माथिबाट बाहिरियो ।

खेलमा इलामका गोलकिपर सुवेदी म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । आइतबार बेलबारी फुटबल क्लब मोरङ र डाँगीहाट क्बलबीच प्रतिस्पर्धा हुनेछ । सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा जारी प्रतियोगिता बिहीबारदेखि शुरु भएको हो । प्रतियोगिता भदौ ६ गते सम्पन्न हुनेछ ।

Loading...