fbpx

ब्रेजिक्टका विषयमा बेलायती प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिबीच वार्ता हुँदै

लण्डन ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ब्रेजिक्टका विषयमा छलफल गर्ने भएका छन् । अर्को हप्ता हुने जि सेभेनको शिखर सम्मेलनका क्रममा उनीहरुबीच कुराकानी हुने सम्भावना रहेको फ्रान्सका कूटनीतिक अधिकारीहरुले शनिबार जानकारी दिए । यही अगस्त २४ देखि २६ सम्म फ्रान्सकै दक्षिणी क्षेत्रमा रहेको एउटा रिसोर्टमा हुने सम्मेलनमा जोनसन र म्याक्रोनबीच भेटवार्ता हुने सम्भावना छ।

जर्मन चान्सलर एङ्गेला मर्केलका प्रवक्ताले पनि जोनसनसँग बर्लिनमा “चाँडै भेट हुने अपेक्षा गरिएको” बताएका छन् । चान्सलर र नयाँ प्रधानमन्त्री बोरिसबीच टेलिफोनमा यसअघि पनि एक पटक कुराकानी भएको भन्दै उनले ब्रेजिक्ट र युरोपेली मुलुकसम्बन्धी अन्य विषयमा भने अब कुरा हुने सम्भावना रहेको बताए ।

बेलायतले ब्रेजिक्टलाई पारित गर्न सक्छ कि सक्दैन भन्ने विषय अब युरोपेली सङ्घको भूमिकामा भर पर्ने जोनसोन सरकारले बताउँदै आएको छ । यसमा फ्रान्सको भूमिका महत्वपूर्ण हुने भएकाले बेलायती प्रधानमन्त्री जोनसोन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

Loading...