fbpx

काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

श्रीनगर (भारत) ।

भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु भएको छ । काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् । यस्तै जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ ।

प्रशासनले त्यस क्षेत्रमा १२ दिनदेखि बन्द गरेको टेलिफोन लाईन आइतवार अपरान्ह्बाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ । गत अगस्ट ५ मा जम्मू–काश्मिरलाई विशेष दर्जा दिने अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरेपछि सरकारले सम्पूर्ण सञ्चार सञ्जाललाई काटेको हो ।

जम्मु काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले सनिबार बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्ध खुकुलो पारिकएको बताए । केहीदिनदेखि अबरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्ममा सञ्चालनमा आउने उनको भनाई छ ।

Loading...