fbpx

खोलामा डुबेर बालकको मृत्यु

झापा ।

झापाको बिर्तामोडमा आज एक बालकको डुबेर मृत्यु भएको छ । अन्धुवाखोलामा डुब्दा बिर्तामोड नगरपालिका–३ का रोशन बेस्राको दुई वर्षीय छोरा अजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर नजिकै खेल्ने क्रममा उनी अन्धुवाखोलामा खसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । बेस्राको खोला नजिकै घर रहेको र खेल्ने क्रममा सनिबार अपराह्न बालक खोलामा झरेको बताइएको छ ।

Loading...