fbpx

प्रिमियर लिग : सिटीलाई उछिन्दै आर्सनल शीर्ष स्थानमा उक्लियो

विराटनगर,
आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ भएको खेलमा बर्नेलीविरुद्ध २–१ गोलको जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन एलेक्जेन्डर लाकाजेट्टे र पेइर्रा–इमरिक औबामेयाङले समान एक–एक गोल गरे । यता, बर्नेलीका लागि अश्ले बर्नेसले एक गोल फर्काए । आर्सनलले खेलको १३औं मिनेटबाट अग्रता बनाएको थियो ।

उसका लागि लाकाजेट्टेले गोल गर्दै सुरुआती अग्रता बनाएका थिए । तर, खेलको ४३औं मिनेटमा बर्नेसले गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै खेलको ६४औं मिनेटमा औबामेयाङले गोल गर्दै घरेलु टोलीलाई २–१ गोलको जित दिलाए ।

यससँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा जित निकालेको उसले ६ अंक बनाउँदै शीर्ष स्थान बनाएको हो । दोस्रो स्थानमा रहेको सिटीसँग ३ अंक छ । ऊ पनि आजको अन्तिम खेलमा टोटनह्यामसँग खेल्दैछ । टोटनह्यामविरुद्ध जित निकालेमा सिटीले शीर्ष स्थान बनाउने छ ।

Loading...