सहकारीतामा सँस्थागत स्वार्थ सर्वोपरि ठान्न मन्त्रिको आग्रह

काठमाडौं ३२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेकी छन ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२ औं स्थापना दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो आग्रह गरेकी हुन । मन्त्री अर्यालले ऋण लिनको लागि मात्रै सदस्य बन्ने सदस्यले सहकारी संस्थाको हितमा काम गर्न सक्दैनन भनिन । उनले सहकारी संस्थाहरुलाई लगानीमा केन्द्रित हुनपर्नेमा जोड दिइन ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, नेकपाका नेता तथा सहकारी अभियन्ता पशुपति चौलागाईं, पूर्व मन्त्री सुरेन्द्र पाण्डे, नेफ्सकुनका पुर्व महासचिव तथा सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नेफ्सकुनका अध्यक्ष डिबी बस्नेतले समग्र सहकारी क्षेत्रलाई राम्रो बनाउन सबै लागिपर्नुपनेमा जोड दिए ।

 

Loading...