fbpx

मोरङ ब्यपार सँघले थाल्यो दश हजार बिरुवा रोप्ने अभियान

बिराटनगर ३२ साउन । मोरंग व्यापार संघले दश हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ ।

३१ साउनमा कटहरी गाउँपालिका स्थित सूर्यदल गण, थलाहा व्यारेकमा एक हजार बिरुवाहरु रोपेर मोरग व्यपार संघले अभियान सुरु गरेको हो ।

शुक्रबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मतकुमार कार्की मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा ,विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव ,उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे ,सुर्यदल गण, थलाह व्यारेकका प्रमुख सेनानी रघुनाथ पौडेल , मोरंग व्यापार संघका पूर्व अध्यक्ष महेशकुमार जाजू , सँकरलाल अग्रवाल लगायतले बिरुवा रोपेर बृक्षारोपण अभियानको सुरु गरेका थिए ।

Loading...