fbpx

रोनाल्डोको ‘जर्सी नम्बर ७’ हाजार्डलाई दिइएको विषयमा के भन्छन् जिदान ?

एजेन्सी,
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना पूर्वस्टार क्रिस्टियानो रोनाल्डोको जर्सी बेल्जियमका स्टार इडेन हजार्डलाई दियो । रियलमा छँदा रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी रियलले हाजार्डलाई दिएको हो ।

khel

यस विषयमा धेरै आ–आफ्नो तर्क पेश गरेका थिए । कसैले रोनाल्डोको जर्सी हाजार्डलाई नसुहाउने भन्ने तर्क गरेका थिए भने कसैले या विषय सामान्य भएको बताएका थिए । यस्तैमा रियलका प्रशिक्षक जिदानले पनि आफ्नो धारणा व्यक्त गरेका छन् ।

नयाँ सिजनको ला लिगाको पहिलो खेल खेल्नुअघि प्रशिक्षक जिदानले यस विषयमा मुख खोलेका हुन् । उनले सेल्टा भिगोविरुद्ध खेल्नुअघि भनेका छन्, ‘ला लिगा एक फरक गतिशील छ । हामी सकारात्मक छौं र जित्नका लागि खेल्नेछौं । यो जर्सीको विषय सामान्य हो । र, हाम्रा समर्थकहरूको चाहाना पनि यहीँ थियो ।’

जिदानले भने, ‘म इडेन हाजार्डसँग खुशी छु । र, यहाँ अन्य ६ खेलाडी छन्, जसलाई म गन्छु । प्रि–सिजन सकिएको छ र हामी राम्रो नतिजाका लागि धेरै मेहेनत गरिरहेका छौं । अब प्रतियोगितामा के हुन्छ हेरौँ । तर, म हाजार्डदेखि र सबैदेखि एकदमै खुशी छु ।’

‘नयाँ सिजनको सुरुआत अघि रियलसँग थुप्रै चुनौतीहरू छन्,’ उनले थपे, ‘जबसम्म जित निकाल्न सकिँदैन तबसम्म हामीलाई अनेक समस्या आइपर्छन् । यहाँ केही परिवर्तन भएका छैनन् । यो पुरानै रियल मड्रिड हो । यसैले मानिस फेरिएको छ तर जर्सी नम्बर र खेलाडीको प्रतिभा फेरिएको छैन ।’

यसैगरी जिदानले रियल मड्रिडसँग जोडिएका दुई स्टार खेलाडीका विषयमा पनि कुरा गरेका छन् । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका स्टार पल पोग्बा र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार रियल आउने विषयमा पनि जिदानले मुख खोलेका छन् ।

नेयमार र पोग्बा रियल आउने विषयमा सोधिएको प्रश्नमा जिदानले पुरानै उत्तर दोहोर्याएका छन् । उनले भनेका छन्, ‘पोग्बा म्यानचेष्टर युनाइटेडका खेलाडी हुन्, म उनलाई सम्मान गर्छु । यस्तै नेयमार पनि रियल मड्रिडका खेलाडी होइनन्, पीएसजीका हुन् । यसैले म यस विषयमा कुरा गर्नु ठीक सोच्दिँन । म मेरा खेलाडीसँग खुशी छु । मेरो ध्यान ला लिगाको पहिलो खेलमा छ ।’

जिदानले ट्रान्सफर विन्डो खुल्लै रहेकोले जे पनि हुन सक्ने बताए । उनले भने, ‘अहिलेलाई म मेरा साथमा भएका खेलाडीको बारेमा मात्र सोच्छु । तर, ट्रान्सफर विन्डो खुल्लै छ र जे पनि हुन सक्छ । तर, अहिलेको अवस्थामा शनिबारको खेल खेल्ने खेलाडीमा मात्र मेरो ध्यान छ ।’

Loading...