fbpx

प्रि–सिजनको अन्तिम खेल खेल्दै युभेन्टस

विराटनगर,
इटालियन च्याम्पियन क्लब युभेन्टसले आज प्रि–सिजनअन्तर्गतको अन्तिम खेल खेल्दैछ । नेपाली समयअनुसार आज राति १२ः१५ बजेबाट सुरु हुने उक्त खेलमा युभेन्टसले इटालियन क्लब ट्रिएस्टिना क्याल्सियोसँग खेल्दैछ ।

सिरी ‘ए’ च्याम्पियन्स टोली युभेन्टसले आज चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । यसअघि उसले प्रि–सिजनअन्तर्गतका तीन खेल खेलिसकेको छ । जसममध्ये युभेन्टसले एक खेल तथा बाँकी दुई खेलमा हार व्यहोरेको छ । उसले इन्टर मिलानसँगको खेलमा जित निकाल्दा एथ्लेटिको मड्रिड र टोटनह्यामसँगको खेलमा पराजय भोगेको थियो ।

अब आजको खेलपछि युभेन्टसले घरेलु लिग सिरी ‘ए’ खेल्नेछ । युभेन्टसले अगस्ट २४ बाट सिरी ‘ए’ को सुरुआत गर्नेछ । उसले पर्माविरुद्ध खेल्दै सिरी ‘ए’ सुरु गर्नेछ ।

आजको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल्ने छैनन् । युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोलाई ट्रिएस्टिना क्याल्सियोविरुद्धको खेलका लागि टोलीमा राखेका छैनन् । खबरका अनुसार उनलाई सिरी ‘ए’ का लागि आराम दिइएको हो । यसअघि रोनाल्डोले कोरियामा भएको खेल खेलेका थिएनन् । तर, एथ्लेटिको र टोटनह्यामसँगको खेल भने खेलेका थिए ।

Loading...