fbpx

रोड्रिग्वेजलाई टोलीमा फर्काएपछि जिदानले भने, ‘म खुशी छु, रियलसँग जेम्स छन्’

एजेन्सी,
लामो समयदेखि क्लबको पहिलो रोजाइमा पर्न नसकिरहेका रियल मड्रिडका स्टार जेम्स रोड्रिग्वेज ला लिगाको पहिलो खेलबाट टोलीमा फर्किएका छन् । प्रि–सिजअन्तर्गतका ७ खेलसम्म पनि टोलीमा स्थान बनाउन नसकिरहेका उनले नयाँ सिजनको ला लिगाको पहिलो खेलमा नै स्थान बनाएका हुन् ।

रियलले नयाँ सिजनको ला लिगाअन्तर्गत आज पहिलो खेल खेल्दैछ । नेपाली समयअनुसार आज राति ८ः४५ बजेबाट रियलले सेल्टा भिगोविरुद्ध खेल्दै नयाँ सिजनको ला लिगाको सुरुआत गर्दैछ । यो खेल सेल्टा भिगोको घरेलु मैदानमा हुनेछ । यस खेलका लागि जिदानले जेम्ससँगै ग्यारेथ बेललाई पनि टोलीमा राखेका छन् ।

जिदानले खेलको पूर्वसन्ध्यामा बोल्दै जेम्स टोलीमा फर्किएकोमा आफू खुशी भएको बताए । उनले पत्रकारसँग भने, ‘हामी अब सुरुआत गर्न चाहान्छौँ, हामी नयाँ सिजनको ला लिगाका बारेमा सोचिरहेका छौं र हामी धेरै खुशी छौं । अझ, खुशीको कुरा हो कि जेम्स पनि अहिले फिट छन् र हाम्रो टोलीमा परेका छन् । मलाई खुशी लाग्छ कि उनी हाम्रै टिमका हिस्सा हुन् ।’

उनले थपे, ‘म मेरा खेलाडीहरूसँग खुशी छु र, म उनीहरूले नयाँ सिजनको पहिलो खेल कसरी खेल्छन् भन्ने बारेमा फोकस गरिरहेको छु ।’

Loading...