fbpx

एमबाप्पे बने विश्वकै सर्वाधिक मूल्यवान खेलाडी, मेस्सी चौथो हुँदा रोनाल्डो टप १० भन्दा बाहिर !

एजेन्सी,
विश्वकै सर्वाधिक मूल्यवान खेलाडीको सूची सार्वजनिक भएको छ । सीआईईएस फुटबल अब्जरभेटरीले हालै मात्र विश्वका सर्वाधिक मूल्यवान खेलाडीको सूची सार्वजनिक गरेको हो । १०० जनाका खेलाडीको सूची सार्वजनिक गरिएको छ । जसमध्ये स्टार खेलाडीहरूले स्थान बनाएका छन् ।

हालै मात्र सार्वजनिक गरिएको यस सूचीअन्तर्गत फ्रान्सेली युवा स्टार किलियन एम्बाप्पेले शीर्ष स्थान बनाउन सफल भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एम्बाप्पेले स्टार खेलाडीहरू लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारलाई पछि पार्दै शीर्ष स्थान बनाएका हुन् । फुटबल अब्जरभेटरीले गरेको अध्ययनअनुसार एमबाप्पेको मूल्य २ सय ५२ मिलियन युरो रहेको छ ।

यस सूचीमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी चौथो स्थानमा हुँदा पीएसजीका स्टार नेयमार १७औं तथा युभेन्टसका स्टार खेलाडी रोनाल्डो २०औं स्थानमा छन् । यस अध्ययनका अनुसार मेस्सीको मूल्य १६४.४ मिलियन युरो छ भने रोनाल्डोको मूल्य ११८.१ मिलियन युरो रहेको छ । यस्तै नेयमारको भने १२४.७ रहेको छ ।

यस सूचीको दोस्रो स्थानमा लिभरपुलका मोहम्मद सालाह छन् भने म्यानचेष्टर सिटीका रहिम स्ट्रलिङ तेस्रो स्थानमा छन् । सालाहको मूल्य २१९.६ मिलियन युरो छ भने स्टर्लिङको २०७.८ मिलियन युरो रहेको छ ।

यसैगरी चौथो स्थानमा अर्जेन्टिनी स्टार खेलाडी मेस्सी हुँदा पाँचौंमा डर्टमुण्डका जाडोन सान्चो रहेका छन् । छैटौं स्थानमा लिभरपुलकै साडियो माने रहँदा उनीभन्दा एक स्थान तल ह्यारी केन रहेका छन् । लिभरपुलका रोबर्टो फिर्मिन्हो आठौं स्थानमा हुँदा नवौं स्थानमा हालै मात्र हालै मात्र एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका एन्टोइन ग्रिजम्यान रहेका छन् ।

१०औं स्थानमा सिटीका लेरियो सानेले स्थान बनाउँदा ११औं स्थानमा सिटीकै बर्नान्डो सिल्भा रहेका छन् । यस्तै सिटीकै ग्राबियल जेसस १२औं स्थानमा छन् भने १३औं स्थानमा लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड छन् । यसैगरी ब्राजिलियन स्टार खेलाडी फिलिप्पे कौटिन्हो १४औं स्थानमा रहँदा १५औं स्थानमा म्यानचेष्टर युनाइटेडका रोमेलु लुकाकु रहेका छन् ।

१६औं स्थानमा युनाइटेकै पोग्बा रहेका छन् भने १७औं स्थानमा नेयमार तथा १८औं स्थानमा मार्कुस राष्फोर्ड छन् । १९औं स्थानमा चेल्सीबाट हालै मात्र रियल मड्रिड गएका इडेन हाजार्ड छन् भने २०औं स्थानमा क्रिस्टियानो रोनाल्डो छन् ।

पूरा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

Loading...