fbpx

पाथीभरा गोल्डकपः घरेलु टोली ताप्लेजुङलाई हराउँदै मोरङ क्वार्टरफाइनलमा

ताप्लेजुङ,
ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब, मोरङ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

टाइबेकरमा मोरङले ताप्लेजुङविरुद्ध जित दर्ता गर्यो । खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेलमा ट्राइब्रेकरको निर्णय लिइएको थियो । जसमा, मोरङले घरेलु टोलीविरुद्ध ५–४ गोलको जित निकाल्यो ।

मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शङ्कर राईले गोल गरेका थिए । ताप्लेजुङका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे भने विकास शेर्पा गोल गर्न चुकेका थिए ।

खेलको म्यान अफ दि म्याच मोरङका सूर्य श्रेष्ठ घोषित भए । आज रेड हर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ । आगामी भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालको पाँच तथा भारतको एउटा टोली सहभागि छन् ।

Loading...