fbpx

अम्बा मात्र होइन अम्बाको पात पनि मानव शरीरका लागि निकै फलदायक

फलफूलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्व हुने गर्छ । त्यस्तै, अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक फल मानिन्छ । आयुर्वेदका अनुसार अम्बाको फलका साथै यसको पात पनि महत्वपूर्ण हुन्छ । भिटामिन ’सी’, प्रोटिन, मिनरल्स तथा फाइबरका साथै अरु महत्वपूर्ण खनिज पदार्थहरु पाइन्छन् ।

अम्बामा भरपूर मात्रामा भिटामिन ’सि’ पाइने हुने भएकाले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाएर रुघाखोकी तथा पुरानो जमेको कफको समस्यालाई हटाउन मद्दत गर्छ । पाकेको अम्बा खाने बित्तिकै मनतातो पानीको सेवन गर्नाले ज्वरोबाट छुटकारा पाउन सकिन्छ । अम्बामा चिनीको मात्रा कम हुनुका साथै यसको सेवनले शरीरमा भएको चिनीलाई समेत कम गर्न सहयोग गरेर मधुमेहका बिरामीहरुका लागि फाइदा पुर्याउनुका साथै कोलेस्ट्रोलको मात्रा समेत कम गर्न मद्दत गर्छ ।

अम्बाको नियमित सेवनले तौल घटाउनका लागि राम्रो विकल्पका रुपमा लिन सकिन्छ । अम्बामा प्रसस्त मात्रामा फाइबर पाउने हुदा यसले पाचन प्रक्रियालाई सुधार गरेर कब्जियत तथा पेट सम्बन्धि विभिन्न रोगहरुका लागि निकै उपयोगी हुन्छ । पेट दुख्ने समस्या भएमा वा झाडापखाला भएमा अम्बामा झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्ने क्षमता भएकोले यसको सेवनले तुरुन्तै आराम दिने गर्छ ।

अम्बामा पाइने भिटामिन ’ए’ र ’सी’ आँखा र छालाका लागि निकै लाभदायक हुन्छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आँखालाई बचाउनुका साथै अनुहारको चाउरीपना कम गरेर अनुहारलाई कालो हुनबाट जोगाउँछ । मदिरा वा भाङको नशा भएमा अम्बाकोको सेवनले मात्र पनि नसा भएको पदार्थको ह्याङओभर कम गर्न मद्दत गर्छ ।

अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्नुका साथै दाँत तथा घाँटीको दुखाइलाई समेत कम गर्छ । अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा र्पुयाउँछ । अम्बाको पात पिसेर अनुहारमा लगाउनाले अनुहारमा भएको डण्डीफोर हराएर जान्छ र कपालमा लगाउने गर्दा कपाललाई लामो बनाउन वा छिटो हुर्काउन मद्दत गर्छ । साथै अम्बाको पातलाई पिसेर लेप बनाएर शरीरका विभिन्न जोर्नीमा लगाएमा हाडजोर्नी दुख्ने, सुन्निने लगायतका समस्याहरु समाधान गर्छ ।

अम्बाको पात पानीमा उमालेर पिएमा पाचन प्रणालीलाई सुधारेर कलेजोलाई पनि सफा गर्ने काम गर्छ । साथै यसले शरीरको तौललाई व्यवस्थित राख्न मद्दत गर्छ ।

Loading...