fbpx

पोखरीमा डुबेर १ जनाको मृत्यु

सुनसरी ।
सुनसरीमा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । सुनसरीको रामधुनी नगरपालिका ६ ईचोल का ४५ वर्षीय पदमबहादुर श्रेष्ठ घरनजिकैको पोखरीमा डुबेर मृत अबस्थामा फेला परेका हुन् ।

शुक्रबार अपरान्ह पौने ४ बजेको समयमा स्थानियले घटनाबारे प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोलीले उनको कानूनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान गरीरहेको जनाएको छ ।

Loading...