fbpx

बृद्धमाथि हथौडा प्रहार

झापा ।

झापामा हथौडा प्रहारबाट एक वृद्ध घाइते भएका छन् । झापाको मेचीनगर नगरपालिका ९ कृर्षी फारम बस्तिका ६३ वर्षीय तेजबहादुर लिम्बुले फलामको हथौडा प्रहार गरि एक वृद्धलाई घाईते बनाएका हुन् ।

शुक्रबार राती साढे ८ बजेको समयमा छिमेकी ६५ वर्षीय प्रेम लोकान्द्रीलाई बादबिबादका क्रममा लिम्बुले फलामको हथौडाले टाउकोमा प्रहारगरी घाईते बनाएका हुन् । हम्बर प्रहारबाट गम्भिर घाईते भएका लोकान्द्रीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ । हथौडा प्रहार गर्ने तेजबहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

Loading...