fbpx

गुगलमा यस्ता चिज खोजे परिन्छ आपतमा

विराटनगर ।

हामीमा गुगलका विषयमा जसको कोही छैन, उसको गुगल बाबा छ लगायतका उखाननै पनि प्रसस्त छ । केही डेटा वा सुचना चाहिए हामी मध्ये धेरैले गुललमा खोज्ने गर्छाै ।

तर हरेक विषयमा आदत बनेको गुगलमा के खोज्ने र के नखोज्ने भन्ने विषयमा सचेत हुनु पर्ने छ । भारतको बेंगलूरूमा गुगलमा जोमैटोको कस्टमर केयरको फोन नम्बर सर्च गरी फोन गर्दा एक महिलाको बैंक एकाउण्ट नै सुन्य भएको छ । यो त प्रतिनिधि घटनामात्रै हो । गुगलमा पाइने सुचना सबै सही हुन्छ भन्ने छैन् । गलत मनसाय राखेर यस्ता सुचनाहरुपनि राखिएको हुन सक्छ । अर्थात गुगलमा पाइने धेरै सुचना गलत पनि हुने गरेका छन् । जसले तपाईलाई समस्या पार्न सक्छ ।

गुगलमा सर्च गर्दा आउने लिङ्क कत्तिको विस्वसनीय छ त्यो पनि ख्याल गर्नु पर्छ । मिलिसेकेण्डमै हजारै सुचना देखाउने गुगलमा ठगी गर्नेहरु पनि सकृय भइरहेका हुन्छन् । त्यसैले भुलेर पनि यी ५ विषयमा सर्च नगर्दा नै राम्रो हुन्छ ।

व्यक्तिगत इमेल गुगलमा सर्च गरेर लगइन गर्दा पनि तपाईको एकाउण्ट ह्याक हुन सक्छ । गुगलमा फिसिङ लिङ्क ( ह्याकरहरुले दुरुस्तै पारेको लिङ्क) मा गएर लग इन गर्न सक्ने सम्भावना समेत हुन्छ । यसरी तपाईको गोप्य इमेल ह्याक हुने सम्भावना प्रवल रहन्छ । विश्वभरमा सबै भन्दा बढी इमेल ह्याक हुने गरेको छ । इमेल कै माध्यमबाट तपाईका अन्य एकाउण्ट पनि ह्याक हुन सक्छ ।

कसैकसैलाई गूगलमा आफ्नो परिचय आउछ कि आउदैन् भन्ने जिज्ञासा वा कौतुहलताले घरी घरी आफ्नो विषयमा पनि सर्च गर्न मन लाग्छ तर यो पनि एकदमै गलत छ । आफ्नो पहिचान बारम्बार सर्च गर्दा गुगलको सर्च हिष्ट्रीमा सबै डाटाबेस बस्ने र यही कारण डाटा लिक हुने खतरा हुन्छ । ह्याकरहरु यस्तै खोजीमा हुन सक्छ । केही डाटा पाएको खण्डमा उनीहरुले सजिलै तपाईको विभिन्न एकाउण्ट ह्याक गर्न सक्छन् ।

यसैगरी संदिग्ध बस्तुहरु ( अवैध कारोबार हुने वस्तु, आतंकबादसंग जोडिएका तथा हातहतियारसंग सम्बन्धित) का विषयमा समेत गुगलमा सर्च गर्नु उपयुक्त हुदैन् । बुझ्नकोलागि मात्रै भएपनि यस्तो विषयमा गुगल गर्ने बानी छ भने पनि यसले समस्यामा पार्न सक्छ । साइबर सेल वा सुरक्षा निकायले तपाईलाई यही कारण निगरानीमा राख्न सक्छ ।

औषधीको विषयमा वा कुन रोग लागे कुन औषधी प्रयोग गर्ने भन्ने बिषयमा पनि गुगल गर्ने गरिन्छ भने त्यसले पनि तपाईलाई गलत उपाय बताउन सक्छ । यदी औषधी कहाँ पाइन्छ वा औषधीसंग सम्बन्धित केही खोजी तपाईले गुगलमा गर्नु भयो भने पनि त्यो डाटा तेश्रो पक्षले समेत सजिलै पाउने हुदाँ त्यो औषधी वा उपचारसंग सम्बन्धित विज्ञापन बारम्बार तपाईले हेर्नु पर्ने हुन्छ ।

Loading...