fbpx

पत्रपत्रिकामा देश : ओलीले एकाएक मिलाए दलको विवाद

विराटनगर ।

आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय विभागको जिम्मेबारी बाँडफाँट टुंगिएको खबरलाई प्रमुखताका साथ छापेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचार गरि फर्किए लगत्तै दल भित्र देखिएको आफुविरुद्धको वातावरण साम्य पार्दै विवादको गाँठो फकाएको खबर नगरिक दैनिकमा छ । कान्तिपुर दैनिकले गाँठो फुक्यो, पोखरेललाई स्कुल विभाग, श्रेष्ठलाई प्रचार र झलनाथले गरे तेश्रो बरियताको दाबी शिर्षकमा खबर छापेको छ ।

समाचारमा पार्टी एकताको १४ महिनापछि केन्द्रीय विभागको टुंगो लागेको उल्लेख छ । तानातानमा परेको स्कुल विभागकै कारण केन्द्रीय विभागको बाँडफाँट रोकिएको थियो । स्कुल विभागको दाबी गर्दै आएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचार विभागको प्रमुख भएका छन् । स्कुल विभागको जिम्मा इश्वर पोखरेलले पाएका छन् । शुक्रबार बसेको सचिवालयको बैठकले स्कुल विभाग तत्कालिन एमालेलाई दिने निर्णय गरेको थियो ।

यसैगरि बामदेव गौतमलाई रिझाउन उपाध्यक्ष पद सिर्जना गरिएको छ । उनलाई उपचुनावमा समेत लड्न अध्यक्ष ओलीले आग्रह गरेका छन् । उपाध्यक्ष भएपछि गौतमले आफ्नो सम्मान भएको बताए । पार्टीको विधान संसोधन गरेर उनलाई औपचारीक रुपमा उपाध्यक्षमा मनोनित गरिने छ । अन्नपुर्ण पोष्टमा यो खबर गौतमलाई पदैपद, पोखरेललाई स्कुल शिर्षकमा छापिएको छ । समिकरणमा ओली बलियो भएको अन्नपूर्णले खबर छापेको छ ।

दुबै पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका विषयमा गलत हल्ला चलाएको गुनासोलाई समेत मुख्यपृष्ठमा छापेका छन् । प्रधानमन्त्री ओलीले ९९ देखि १०० डिग्री ज्वरो आएको र सिटामोल खाएपछि निको भएको भएपनि सिकिस्तै भएजस्तो हल्ला चलाइएको भन्दै गुनासो गरेका छन् । ओलीले डाक्टरहरुले सबै अंग ठिक भएको र अझै २० २५ वर्ष केही हुदैन भनेको भन्दै आफु विरामी नभएको बताए ।

नगरिक दैनिकमा विदेशिनेहरुलाई आफन्तैले नै ठग्ने गरेको समाचार बिदेसिनेका व्यथा, आफ्नैले ठग्छन् शिर्षकमा समाचार छापेको छ । समाचारमा राम्रो काम लगाइदिने लोेभमा आफन्तले नै झुक्याउने गरेको उल्लेख छ ।

अन्नपूर्ण पोष्टमा न्यायमा विलम्ब शिर्षको समाचार पनि मुख्यपृष्ठमा छ । अदालतका कर्मचारीहरु प्रोत्साहन भत्ता कटिदिएको भन्दै असारदेखि १ घण्टा ढिलो कार्यालय जाने गरेको कारण मुद्धा व्यवस्थापन जटिल हुदै गएको छ । इजलासको सामान्य आदेशपनि ढिलो आउने गरेको छ । इजलासकोलागि फाइल र कानुनी सामाग्री जुटाउन समय लाग्ने तर कर्मचारी ढिलो आउन थालेपछि न्याय सम्पादनमा असर परेको हो ।

Loading...