fbpx

बार्सिलोनाका कौटिन्हो बायर्न म्युनिखमा !

एजेन्सी,
बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कौटिन्हो लोनमा जर्मन च्याम्पियन क्लब बायर्न म्यूनिख जाने भएका छन् । बायर्नले बार्सिलोनाका स्टार कौटिन्होलाई १ वर्षका लागि लोनमा भित्र्याउने आधिकारिक रुपमा घोषणा गरेको हो ।

बायर्नले बार्सिलोनासँग यस विषयमा सहमति नजिक पुगिसकेको पनि जनाएको छ । बायर्नले अबको केही दिनमा नै कौटिन्होको मेडिकल परीक्षण हुने जनाएछ । डायरियो स्पोर्ट्सको रिपोर्ट अनुसार बायर्नले कौटिन्होको तलब लगभग १२ मिलियन युरो दिनेछ । यस्तै क्लबले लोनका लागि २० मिलियन युरो पनि तिर्ने बताइएको छ ।

यता, बार्सिलोनाका प्रवक्ता गुइलेर्मो अमोरले कौटिन्होको विषयमा पुष्टि गर्दै उनी एक सिजन लोनमा बार्यन जाने विषयमा सहमति बनेको उल्लेख गरेका छन् ।

जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्नले कौटिन्होलाई केही समय अघिदेखि मात्र नजरमा राखेको थियो । अघिल्लो सिजनको जर्मन बुन्डेसलिगा विजेता बायर्नले क्लबमा नयाँ खेलाडी थप्न चाहेको थियो । आफ्ना पहिलो रोजाइका आर्जेन रोबेनले सन्यास लिएपछि क्लबमा कौटिन्होलाई भित्र्याउन चाहेको हो ।

Loading...