‘द भ्वाइस अफ नेपाल सिजन २’ आजबाट प्रशारण हुँदै

विराटनगर,
नेपालको चर्चित सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजन साउन ३१ गते गाईजात्राको अवसर पारेर आजबाट प्रशारण हुने छ । प्रदर्शनको एक दिन अगाडी कार्यक्रमको विशेष प्रिमियर काठमाडौँमा गरिएको थियो ।

बिहीबार आयोजना गरिएको प्रिमियरमा साङ्गीतिक क्षेत्रका व्यक्तिहरु, शोको टिमहरू उपस्थिति रहेको थियो । ‘दि भ्वाइस’को प्रिमियरमा दोस्रो सिजनको पहिलो भागको प्रदर्शन गरिएको थियो । ‘दि भ्वाइस अफ नेपाल’ हिमालय एचडी टिभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदैछ ।

दोस्रो सिजनमा कोच दीप श्रेष्ठ र प्रमोद खरेलका साथमा गायिका आस्था राउत र गायक राजु लामाको इन्ट्री भएको छ । कार्यक्रमका जम्मा गरेर ३२ वटा श्रृंखला प्रशारण हुने भएको छ । पहिलो सिजनकोभन्दा यस सिजनमा एकसेएक प्रतिस्पर्धी भएकाले प्रतिस्पर्धा निकै कडा रहेको शोका निर्देशक लक्ष्मण पौडेलले बताएका छन् ।

पहिलो सिजनमा खासै यो कार्यक्रम राम्रो नभएको भन्ने विभिन्न गुनासो आएकाले यसपटक नयाँ फम्र्याटमा कार्यक्रमलाई संचालन गरिएको छ । गत वर्ष ‘द भ्वाइस अफ नेपाल’ को लाइभ शोमा एकै दिन चारजना आउट भएको गुनासो आएका कारणले यसपटक ‘ब्लाइन्ड’, ‘ब्याटल’ पछि प्रत्यक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने र फिनालेमा पुग्नका लागि ‘लाइभ शो’ पछि ‘नक आउट चरण’ थपिने भएको छ ।

यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने भएका छन् । दुई हजार दुई सय सहभागी भएका प्रतिस्पर्धी मध्ये ‘डिजिटल अडिसन’बाट ११० जना प्रतिस्पर्धीलाई छनोट गरिएको हो ।

Loading...