fbpx

पत्रपत्रिकामा देश : गोप्य लाल आयोगको प्रतिवेदन, सरकारमाथि प्रश्नै प्रश्न

विराटनगर ।

राष्ट्रिय जनता पार्टीले संघीय सरकारमा ६ महिनादेखि तराई मधेस र थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको छ । तर सरकार प्रतिवेदन सार्वजनि गर्न तयार छैन् ।

प्रतिवेदनले सरकारलाई गम्भिर आरोप लगाएको कारण सो प्रतिवेदन सार्वजनिक नभएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । प्रतिवेदनले मधेश केन्द्रित दलहरुलाई उदारवादी, लोकतन्त्रवादी र वास्तविक राष्ट्रवादी शक्तिको रुपमा चित्रण गरिएको छ भने सरकार माथि गम्भिर आरोप लगाइएको छ । गिरीशचन्द्र लाल अध्यक्ष रहेको आयोगले ६ महिनामा तयार पारेको प्रतिवेदनमा दमन गरिएको उल्लेख छ ।

कान्तिपुरमा छापिएको खबरमा सबै नागरिकलाई समान अधिकार दिलाउने पक्षमा प्रतिवेदन तयार गरिएको अध्यक्ष लालले बताएका छन् । तर पूर्व गृहसचिव गोविन्द कुसुमले सरकार आयोगको प्रतिवेदन लागु गर्न बाध्य नभएको बताएका छन् ।

कान्तिपुरमै हवाई सुरक्षामा हेलिकप्टर र साना जहाज मुख्य चुनौती भएको खबर पनि मुख्य पृष्ठमा छ । नेपालको हवाई सुरक्षामा हेलिकप्टर र ५७ क्विन्टल भन्दा कम तौल भएका साना जहाज चुनौती देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको १० वर्ष प्रतिवेदनमा उल्लेख छ ।

एभिएसन सेफ्टी रिपोर्ट २०१९ मा युरोपियन यूनियनले पनि हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको र १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको उल्लेख छ । प्राधिकरणका महाननिर्देशक राजन पोखरेलले पछिल्लो समय इयूको ध्यान हेलिकप्टरतर्फ मोडिएको बताए । सन् २०१० देखि सन् २०१२ सम्ममा भएका ५ वटा साना जहाज दुर्घटनामा ८९ जनाको मृत्यु भएपछि सन् २०१३ मा नेपाललाई कालो सुचीमा राखेको थियो । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राएर सेवा प्रवाह गर्ने र नियमन गर्ने छुुट्टाछुट्टै बनाउन समेत भनेको छ ।

नयाँ पत्रिका दैनिकले मुआब्जा निश्चित नगरि सरकारले ठेक्का दिने गरेको र पेस्की लिदै ठेकेदारले सडक अलपत्र छोड्ने गरेको समचारलाई मुख्य पृष्ठमा छापेको छ । ठेकेदारले पैसा लगेको वर्षैं भएपनि राजधानीका नौ सडकको चौडाई कति हुने भन्ने निश्चित भएको छैन् । तीन पटक समय थप्दा पनि राजधानीका ९ वटा सडक पुरा हुन सकेका छैनन् ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अढाई वर्ष भित्र सडक निर्माण सक्ने गरि ठेक्का लगाएपनि १ मात्रै पुरा भएको छ र अरु ९ वटा बाँकी रहेका छन् । अदालतले घर जग्गाको मुआब्जा चलनचल्तीको दररेटमा दिनु भनेको र अदालतले भने जसरी उपत्यकामा सडक निर्माण गर्ने अवस्था नै नभएको प्राधिकरणका विकास आयmु डाक्टर भाईकाजी तिवारीले बताए ।

नागरिक दैनिकमा महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ मिलेमतोमा गुणस्तरहिन काम भएको पुष्टि शिर्षकमा मुख्य खबर छापेको छ । सघन सहरी विकास कार्यक्रम अन्र्तगत धनगढी उपमहानगरपालिकामा चक्रपथ निर्माण भइरहेको छ ।

त्यही सडकको निर्माण पुरा भएको क्षेत्र धनगढी ३ मा ८.९ किलोमिटर बाह्य चक्रपथ बनेको एक महिना नपुग्दै भत्किएको हो । ४२ किलोमिटर चक्रपथ सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण भइरहेको छ । १० करोड लगानीमा बनेको सो खण्ड एक महिनामा नै भत्किएको स्थानीय राजेन्द्र थारुले बताए । उनले अहिले सडकमा सवारी गुडाउनै नमिल्ने भएको बताएका छन् ।

जनकपुरमा मन्दिरको ५ विगाह जग्गा कब्जा भएको खबर अन्नपुर्ण पोष्टको मुख्यपृष्ठमा छ । जनकपुरको हनुमान मन्दिर श्रृगांर भवनको साढे ५ विगाह जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ ।

एक अर्ब भन्दा बढी मुल्य पर्ने जग्गा मालपोत कार्यालयका कर्मचारी र भुमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरिएको हो । जनकपुर उपमहानगरपालिका ११ को कित्ता नम्बर ४८८ को ५ विगाह १० कठ्ठा जग्गा व्यक्तिको नाममा सारिएको हो । जग्गा पुर्व महन्थ कौशल किशोरको नाममा हकभोग गर्ने गरि थियो । हालका महन्थ सुर्यनारायण दासले पुर्वमहन्थ कौशल किशोरलाई बाबु दाबी गर्दै जग्गा एकलौटी नामसारी गराएका हुन् ।

उनले विभिन्न समयमा बनाएको कागजातमा कतै कौशल किशोर दास कतै कौशल किशोर ठाकुर त कतै कौशल किशोर ठाकुर भुमिहार लेखिएको छ । सुर्यनाराण दासका शिष्य रामविनय दाले आफ्नै आजर्नको सो जग्गा बुवाबाट छोराको नाममा नामसारी भएको बताए । उनले जग्गा पुर्वमहन्थ कौशल किशोरको नीजि भएको बताए । तर मन्दिरको महन्थ अविवाहित मात्रै हुन्छन् ।

जानकी मन्दिरकै २५ विगाह जग्गा पूजापाठ, भोजन तथा अतिथि सत्कारकोलागि हनुमान मन्दिरलाई दिइएको थियो । अहिले नामसारी भएको जग्गा त्यसै अन्र्तगत भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । उनले कुनै मन्दिरमा पनि पुर्वमहन्थको छोरा महन्थ वा पुजारी नभएको बताए ।

Loading...