fbpx

पीएसजीले भन्यो– ‘नेयमारले क्लब छोड्ने निर्णय लिएर गल्ती गरे’

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले पुनः स्पेन फर्किने मनसाय बनाएका छन् । सन् २०१७ मा कीर्तिमानी रकममा बार्सिलोनाबाट पीएसजी पुगेका नेयमार २ वर्षपछि ला लिगा फर्कने योजनामा छन् ।

२ सय २२ मिलियन युरोमा स्पेनिस च्याम्पियन क्लब बार्सिलोनाबाट लिग वान क्लब पीएसजी आएका उनले २ वर्ष मात्रै फ्रान्समा बिताए । घाइते भइ अधिकांश खेल गुमाएका उनले क्लबबाट ५८ खेलमा ५१ गोल गरे । पीएसजीको अपेच्छाअनुरुपको प्रदर्शन गर्न नसकेका उनले क्लब छोड्ने भनेर क्लबलाई सुनाइसकेका छन् ।

तर, पीएसजीका खेल निर्देशक लियोनार्डोले भने नेयमारले क्लब छोड्ने निर्णय गरेर गल्ती गरेको बताएका छन् । उनले आरएमसीसँगको अन्तर्वाताको क्रममा भनेका छन्, ‘नेयमारले क्लब छोड्ने निर्णय गरेर गल्ती गरेका छन् । हो, म पहिले उनलाई राम्रोसँग चिन्दिन थिएँ । तर, धेरैपछि मैले उनलाई चिन्ने मौका पाएँ । इमान्दारीका साथ भन्नुपर्दा नेयमार राम्रो हृदय भएका राम्रा खेलाडी हुन् । अझ, मैदानमा उनी विशेष क्षमता भएका खेलाडी हुन् ।’

अहिले नेयमारमाथि स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाले नजर लगाइरहेका छन् । ला लिगा प्रतिद्वन्द्वी क्लब बार्सिलोना र रियल नेयमारका लागि भागदौडमा छन् । तर, पीएसजीका फ्यानले नेयमारले लिग वानमा रहुन् भन्ने चाहाना राखेको खेल निर्देशक लियोनार्डोले जनाएका छन् । उनले भनेका छन्, ‘नेयमार भित्र्याउन धेरै लागिपरेका छन्, तर पीएसजीका समर्थक नेयमारले यहीबाट खेलेको हेर्न चाहान्छन् ।’

Loading...