fbpx

मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने पक्का

एजेन्सी,

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस ला लिगाको पहिलो खेल गुमाउने पक्का भएको छ । अघिल्लो साताको सोमबार अभ्यासका क्रममा घाइते हुन पुगेका उनले नयाँ सिजनको ला लिगाको पहिलो खेल गुमाउने बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले प्रष्ट पारेका छन् ।

साबिक विजेता बार्सिलोनाले शुक्रबार अर्थात् आज सन् २०१८–१९ को ला लिगाको पहिलो खेल खेल्दैछ । नेपाली समयअनुसार राति १२ः३० बजेबाट सुरु हुने उक्त खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल बिल्बाओको घरेलु मैदानमा हुनेछ ।

हाल टोलीभन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका मेस्सीले खेल गुमाउने भाल्भेर्डेको भनाइछ । पिँडुलामा चोट लागेका उनी को चोटबाट निको हुने प्रयास गरिरहेको र लिगको पहिलो लिगमा उपलब्ध हुन नसक्ने प्रशिक्षकले बताएका छन् ।

प्रशिक्षक भाल्भर्डेले मेस्सीलाई लिएर कुनै जोखिम नलिएको प्रष्ट पारे । उनले भनेका छन्, ‘हामी कुनैपनि खेलाडीलाई लिएर जोखिम लिँदैनौ । यदि, उनी मेस्सीनै भएपनि । उनी अभ्यासमा आएको हामीले देखेका छौँ । तर, उनी टिमसँग खेलेका छैनन् ।’

प्रशिक्षक भाल्भेर्डेले थपे, ‘उनी व्यक्तिगत रूपमा निका हुने प्रयत्न गरिरहेका छन् । सुधारको प्रयास गरिरहेका उनलाई हामी अभ्यासको अन्तिम चरणसम्म पर्खिनेछौं । सबैको लक्ष्य जित्नु हुन्छ, हामी आफ्नो उत्कृष्ट दिनेछौं । एउटा ठूलो खेलभित्र आफूले सकेअनुसारको दिने सबैको चाहना हुन्छ । र, त्यहाँ तपाईँ राम्रो नै खेल्ने विचार राख्नुहुन्छ ।’

Loading...