fbpx

यस्ता छन् ओठबारे जान्ने पर्ने केही रोचक तत्त्वहरू

विराटनगर,
मानव शरीरका ओठ पनि सबैभन्दा संवेदनशील अंग हुन्छ । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । ओठको बहिरी बनावट सामान्य हुने गर्छ । मानव शरीरको छालामा १६ वटा तह हुन्छन् । तर, ओठमा भने तीनदेखि पाँच वटासम्म मात्रै तह हुने कारणले ओठ राता र गुलाबी हुने गर्छ । ओठमा झन्डै १० लाख नसाहरु हुन्छ । शरीरमा नसा समाप्त हुने स्थान संवेदनशील हुने हुँदा ओठ हातको औँलाभन्दा १०० गुणा बढी संवेदनशील हुने गर्छ ।

औँलाको छाप कसैसंग नमिले जस्तै ओठको छाप पनि संसारको कुनै पनि व्यक्तिसँग मिल्ने हुँदैन । शरीरमा कोलाजन निर्माणमा आउने कमीले उमेर बढ्दै जाँदा ओठ पातलो हुँदै जान्छ । कोलाजनकै कमीले गर्दा ओठको कमलोपनमा ह्रास आउछ । ओठमा कहिल्यै पनि पसिना आउँदैन, किनभने ओठमा पसिनाको ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउने गर्दैन । ओठमा क्यान्सर हुने सम्भावना महिलाभन्दा पुरुषमा बढी हुने सम्भावना हुन्छ ।

पटक पटक ओठलाई छुने गर्दा हाम्रो ओठ सुक्खा हुने वा ओठको रंग नै परिवर्तन समेत हुने गर्छ । यसरी पटक–पटक ओठमा हात लगाउने बानीले गर्दा मुखमा विभिन्न किसिमका ब्याक्टेरियाहरु प्रवेश गरेर पेटसम्म पुग्ने खतरा हुन्छ । लिपिस्टिक लगाएर सुत्ने गर्दा ओठको प्राकृतिक ओस सोछेर ओठ फुट्ने तथा ओठ कालो हुने समस्या सुरु हुन थाल्छ । फ्रान्सका समाज शास्त्रीहरूले गरेको अध्ययनबाट रातो ओठ भएका महिलाहरूप्रति पुरुषहरु बढी आकर्षित हुने पत्ता लागिएको थियो ।

शरीरमा पानीको कमी हुँदा ओठ सुक्ने गर्छ । शरीरमा भिटामिन ‘बी’, आइरन वा फोलेटको कमीले ओठ सुक्ने तथा फुट्ने समस्या देखा पर्छ । ओठको आकारले मानिसको कामुकताबारे जानकारी दिने गर्छ । आमाहरूले आफ्ना शिशुलाई आफ्नै मुखबाट भोजन गराउने चलन पछि गएर चुम्बनमा विकसित भएको वैज्ञानिकको अवधारणा रहेको छ । टेक्सासका मानव विशेषज्ञ डा. भाउगन ब्रियन्टका अनुसार चुम्बन गर्ने चलन भारतबाट प्रारम्भ भएको हो ।

अलेक्जेन्डर द ग्रेटका सैनिकहरूले भारत आउँदा चुम्बन गर्न सिके र संसारभर यसको प्रसार भएको थियो । ओठमा चुम्बन गर्दा मस्तिष्कमा डोपामाइन नामक रसायन उत्पन्न हुन्छ । डोपामाइनले मानव शरीर र मस्तिष्कमा आनन्द, उल्लास, उत्साह, सुखको आभास, परम आनन्दको अनुभूतिको पैदा गर्छ । चुम्बनले पाचन क्रियालाई समेत सघाउने गर्छ । चुम्बन गर्दा निस्कने सेरोटोनिनले मानिसमा लाग्ने अतिरिक्त भोक, अनिद्राको समस्या, स्मरण शक्तिको विकाशमा ठुलो भूमिका निर्वाह गरेको हुन्छ ।

Loading...