fbpx

यस्ता छन् इयरफोन प्रयोग गर्नुका बेफाइदाहरू

विराटनगर,
आफूलाई मनपरेको संगीत सुन्ने क्रममा डिस्टर्ब नहोस् भनेर घन्टौँसम्म कानमा इयरफोन लगाएर बस्ने गरिन्छ । यसरी घन्टौँसम्म इयरफोन लगाएर ठूलो स्वरमा गीत संगीत सुन्ने गर्दा कानमा त असर हुन्छ, यसका साथै यसले हाम्रो हृदय तथा मानसिक स्तिथिमा समेत असर पुयाईरहेको हुन्छ ।

विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ९० डेसिबलभन्दा बढी ध्वनी उत्पन्न गरिरहेको हुन्छ । यति चर्को ध्वनी सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्न गइ कान सुन्ने क्षमता कम हुनुको एउटा कारण बन्न सक्छ ।

एक अध्ययनका अनुसार दुई घण्टाभन्दा धेरै समय ९० डेसिबलभन्दा धेरै ध्वनी भएको संगीतलाई इयरफोनमा सुन्दा बहिरोसमेत हुन सक्ने उल्लेख गरिएको छ । इयरफोनले कानको नली भित्र गहिराइ बनाएर बहिरोपनाको जोखिम निम्त्याउने गर्छ । ठूलो आवाजमा इयरफोन लगाएर गीत सुन्नु कानको लागि मात्र नभएर हाम्रो हृदयलाई समेत असर पारिरहेको हुन्छ । ठूलो आवाजमा गीत सुन्दा हाम्रो मुटुको धड्कन छिटो धड्किन थाल्छ जसकारणले हाम्रो मुटुमा समस्या उत्पन्न हुन सक्छ ।

एउटा इयरफोन धेरै जनाले प्रयोग गर्नु भनेको आफैँलाई समस्या निम्त्याउनु हो । यसरी इयरफोनको सेयर गर्नु हुँदैन । यसबाट विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमणको खतरा रहन्छ । जसले गर्दा कान तथा छालासम्बन्धी समस्याहरु उत्पन्न हुन सक्छ ।

इयरफोनको धेरै प्रयोग गर्दा कान दुख्नु स्वाभाविक नै हो । यसका साथै इयरफोनबाट निस्किने चुम्बकीय तरंगहरुका कारण व्यक्तिको दिमागमा नकारात्मक असर पर्ने हुन्छ । जसले गर्दा टाउको दुख्ने, निन्द्रा नलाग्ने, कम सुन्ने, एकोहोरो हुने जस्ता समस्याहरु निम्तिन सक्छ ।

Loading...