fbpx

वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौं ।

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहिबार निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा उपचाररत दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस भएका दीक्षितको पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी रोगबाट दीक्षित केही समयदेखि थलिएका थिए ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । दीक्षित मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन् । नेपाली पत्रकारिता क्षेत्रमा पनि दीक्षित विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गौरीधारामा भएको थियो ।

दीक्षित श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
रासस

Loading...