fbpx

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो सिजनको पहिलो उपाधि

एजेन्सी,
इंग्लिस क्लब लिभपुलले सिजनको पहिलो उपाधि जितेको छ । युरोपियन च्याम्पियन क्लब लिभरपुलले चेल्सीलाई हराउँदै सुपर कपको उपाधि जितेको हो ।

बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध पेनाल्टी सुटआउटमा जित निकालेको हो । टर्कीस्थित भोडाफोन स्टेडियममा भएको सो खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि टाईब्रेकरको निर्णय गरिएको थियो । जसमा, लिभरपुलले चेल्सीलाई ५–४ गोलले हरायो ।

त्यसअघि खेलमा भने चेल्सीले अग्रता बनाएको थियो । खेलको ३६औँ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ४८औँ मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा फर्काए ।

यसैगरी, खेलको ९५औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर, खेलको १०१ मिनेटमा जोर्गिन्होले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । जोर्गिन्होले पेनाल्टीमार्फत गो गरेका थिए । त्यसपछि खेल ट्राइबेकरमा धकेलियो, जहाँ लिभरपुलले खेल जित्यो ।

Loading...