fbpx

पाकिस्तान युद्धकोलागि तयार छ

पाकिस्तान ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले जम्मु कस्मिरमा ३७० हटाएर अन्तिम कार्ड खेलेको बताएका छन् । उनले हिटलरले जस्तै अन्तिम समाधानका रुपमा यस्तो गरेको उनको प्रतिकृया छ ।

उनले अब पाकिस्तान प्रशासित कस्मिरले केही गर्ने तयारी गरेको भए र यूद्ध भए पाकिस्तानले साथ दिने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिदै इटाको जवाफ पथ्थरले दिने बताएका हुन् । यो पटक पाकिस्तानले स्वतन्त्रता दिवस अगस्ट १४ लाई कस्मिर एकता दिवसको रुपमा मनाएको छ ।

दिवस मनाउन बुधवार पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तान प्रशासित कस्मिरको राजधानी मुजफ्फराबाद गएका थिए । उनलाई पाकिस्तान प्रशासित कस्मिरका राष्ट्रपति सरदार मसूद खान र प्रधानमन्त्री राजा फारुख हैदरले स्वागत गर्दै गार्ड अफ अनर दिएका थिए ।

इमरानले पाकिस्तान प्रशासित कस्मिरको संसदलाई सम्बोधन गर्दै आरएसएस विचारधाराबाट प्रेरित नरेन्द्र मोदी तथा भाजपाले पहिले भारतमा ६०० वर्ष मुसलमानले साशन गरेको बदला लिन यस्तो गरेको बताए । भारतमा १८ देखि १९ करोड मुसलमान रहेको भन्दै खानले मुसलमानलाई दबाउन खोजे कट्टरपन्थी बन्ने खतरा रहेको उनले चेतावनी दिए ।

पाकिस्तानी सेनासंगै जनता मिलेर स्वतन्त्र कस्मिरकोलागि लड्ने भन्दै उनले मोदीलाई युद्ध सुरु गर्न चेतावनी दिए । उनले पाकिस्तान युद्धकोलागि तयार रहेको बताएका छन् ।
बीबीसी हिन्दीको सहयोगमा

Loading...