fbpx

राजविराजमा कैदीको मृत्यु

राजविराज । सप्तरीको राजविराजस्थित कारागारमा ज्यान मुद्दा उद्योगमा कैदी जीवन बिताइरहेका एक कैदीको बुधबार साँझ मृत्यु भएको छ ।

तिरहुत गाउँपालिका–५ लोहजरा का ७९ वर्षीय रवि मरिकको मृत्यु भएको जेलर सत्यनारायण यादवले बताए । ब्लड प्रेसरबाटपीडित मरिक अचानक बिरामी भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

कारागारका जेलर यादवका अनुसार मरिकलाई ज्यान मुद्दामा जिल्ला अदालतले दुई वर्ष पाँच महीना कैद तोकेको थियो । कैद भुक्तान गर्नका लागि उनी २०७५ असार ६ गते कारगारमा आफै हाजरी भएका थिए । कारागारमा १ सय २५ जना कैदीबन्दीको क्षमता रहेकामा अहिले १८ जना बालबालिका, महिलासहित ३ सय ५० कैदीबन्दी रहेका कारागारले जनाएको छ ।

Loading...