fbpx

मुख्यमन्त्रीको कार्यक्रम नजिकै दुई बम विस्फोट

कालिकोट ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बुधबार कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ। कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै दिउँसो बम विस्फोट गरिएको हो । विष्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको कालिकोट प्रहरीले जनाएको छ ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले कार्याक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको बताए । खार्पुमा कार्यक्रम चलिरहेको बेला डाँडातिर २ पटक विस्फोट भएको आवाज आएको उनको भनाई छ । सकेट बम विस्फोट गराइएको हुन उनको भनाई छ ।

विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो वा होइन थाहा नभएको सिंहले बताए । यो सहित दुई पटक मुख्यमन्त्री कालिकोट गएका बेला बम विष्फोट भएको छ ।

Loading...