fbpx

भोजपुरमा खम्बा गाडेको १० वर्षपछि पुग्यो बिजुली

भोजपुर ।

स्थानीय तह सञ्चालनमा आएसँगै गाउँमा विद्युत् बल्न थालेपछि टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका स्थानीय हर्षित छन् । पोल गाडेको करीब १० वर्ष पछि स्थानीय तह सञ्चालनसँगै गाउँमा छोटो समयमै विद्युत सेवा विस्तारभएपछि स्थानीयमा खुसियाली छाएको हो ।

लामो समयदेखि विद्युत उपयोग गर्ने आशामा बसेका स्थानीयले गाउँपालिकाको गत आर्थिक वर्षको करीब ७५ लाख रुपैयाँको बजेटमा विद्युत विस्तारको काम सम्पन्न भएसँगै विद्युत सेवा उपभोग गर्न पाएका हुन् । वडाभित्र रहेका करीब ४सय ५० घर धुरीमध्ये दुई सय घरमा विद्युत बल्न थालेको वडा कार्यालयका सूचना अधिकारी सीताराम लुइँटेलले बताए ।

स्थानीयवासीले विद्युत मिटर समयमा पाउन नसेकाले अन्य घरमा विद्युत विस्तारमा केही ढिला भएको वडा कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानी र स्थानीयको करीब ३० प्रतिशत जनश्रमदानमा वडाका सबै स्थानमा मुख्यलाइन पुगेको छ । तर शाखा लाइनमा विद्युत विस्तारका लागि तार नपुग्दा भने ४० घरको हारहारीमा विद्युत् पु¥याउन समस्या रहेको वडा कार्यालयले जनाएको छ ।

Loading...