fbpx

अविवाहितलाई स्ट्रेच माक्स किन हुन्छ ? यस्तो छ बच्ने उपाय

विराटनगर ।

शरीरको मासु तन्किएपछि खुम्चिएको खण्डमा शरीरमा देखिने एक प्रकारको दागलाई स्ट्रेच मार्क्स भन्ने गरिन्छ । स्ट्रेच मार्क्स धेरै जसो महिलाहरुमा देखा पर्छ ।

यो समस्या अहिले भने जो कोहीलाई हुने सामान्य समस्या बनेको छ । सुन्दरतामा बाधा आउने भएको कारण महिलाहरु यस बारेमा निकै चिन्तित हुने गर्छन् । मोटो शरीर एक्कासी दुब्लाएको खण्डमा, गर्भवती भएर बच्चा जन्मिसके पछि वा शरीरको कुनै पनि भागको मासु खुम्चेमा स्ट्रेच मार्क्स बन्ने गरिन्छ ।

गर्भ अवस्थामा बच्चा पेटमा बढ्दै जाँदा छाला तन्किने र बच्चा जन्मिए पछि एक्कासी छाला खुम्चिने भएको कारण छालामा हुने धर्सालाई स्ट्रेच मार्क्स भनिन्छ । यस्तो स्ट्रेच मार्क्सलाई चाहिँ सामान्य मानिन्छ । तर, आजकल बच्चा नजन्माएका अविवाहित युवतीहरु तथा पुरुषहरुलाई समेत स्ट्रेच मार्क्स भएको देखिन्छ । थोरै समयमा अत्याधिक मोटाएर छोटो समयमै दुब्लाउँदा छालामा भएको फाइबरहरु च्यातिने भएको कारण पनि स्ट्रेच मार्क्स बन्ने गर्छ ।

डर्माटोलोजिस्ट डाक्टर चन्द्रमोहन शाहका अनुसार फाइबरहरु स्ट्रेच मार्क्स कहिलेकाँही एक्सर्साइज, जुम्बा डान्स गर्दा पनि हुने गर्छ । कोहि मानिसहरुमा थाइराइडको कारण पनि स्ट्रेच माक्स हुन सक्छ । स्ट्रेच माक्स धेरै जसो नाइटोमुनी, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरी देखिने गर्छ ।

स्ट्रेच मार्क्सका कारण महिलाहरुको आत्म विश्वासमा समेत कमी हुने देखिएको छ । महिलाहरुले यसबाट छुटकारा पाउन महँगो क्रिमको प्रयोग तथा अन्य उपचार विधि अपनाइ रहेको हुन्छन् ।

तर, त्यसबाट पनि समाधान नहुँदा भने उनीहरु अझ नराम्रो अबस्थामा पुग्छन् । यही समस्याले पिरोली रहेको छ भने सबैभन्दा पहिले आफ्नो खानपानमा ध्यान दिन जरुरी छ । स्ट्रेच मार्क्स हटाउनका लागि दैनिक खानामा भिटामिन ए, भिटामिनसी, भिटामिन इ र भिटामिन के युक्त सामग्रीहरुलाई समावेश गर्नु पर्छ । भिटामिन ए पाइने विभिन्न तरकारी, गाजर, माछा, एप्रीकोट र बेल आदिले छालाको कोषलाई मर्मत गर्छ ।

भिटामिन सीले छालामा कलेजन उत्पादन गरेर नयाँ बनाउछ । यसले छालालाई नरम र चम्किलो बनाउन पनि मद्दत गर्छ । भिटामिन सी का लागि कागती, अमला, सुन्तला, अंगूर, भोगटे आदि खान उपयुक्त हुन्छ । त्यस्तै भिटामिन ई लाई सौन्दर्यको भिटामित भन्ने गरिन्छ । भिटामिन ई र भिटामिन केको प्रयोगले मृत छालाको कोषलाई पुन मर्मत गर्छ । साथै छालामा भिटामिन ई युक्त बडी लोशन वा स्ट्रेच मार्क्स भएको ठाउँमा राति सुत्ने समय भिटामिन ई को क्याप्सूल लगाएर सुतेमा केहि दिनमै राम्रो नतिजा देख्न सक्नु हुन्छ ।

Loading...