fbpx

बेवारिसे युवकको घुँडादेखि तलको भाग काटियो

विराटनगर । कोसी अस्पतालमा वेवारिसे अवस्थामा भेटिएका ३५ वर्षिय युवकको देब्रो खुट्टाको घुँडादेखिको तलको भाग काटिएको छ । खुट्टा कुहिएको अवस्थामा उपचार मंगलबर भर्ना भएपछि बुधबार संक्रमण फैलिएको खुट्टाको भाग काटेर फालिएको हो ।

शंकर मगर नाम बताउने युवाको खुट्टामा ‘बर्जर डिजिज’ को समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । त्यही समस्या कारण घुँडादेखि तलको भाग शल्यक्रिया गर्दै काटेर फ्याल्नु परेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार शरीरका नशा चाउरिएर रक्तसञ्चार बन्द भएपछि उत्पन्न हुने समस्यालाई ‘बर्जर डिजिज’ भनिन्छ ।

खुट्टा कुहिन थालेपछि ति युवा एक महिना अघि अस्पताल आएका थिए । तर जिम्मा लिने कोही नभेटिएपछि उपचार नपाएका कारण त्यसै बसेका थिए । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जिम्मेवारी लिएपछि उपचार सुरु भएको हो ।
उनले जिम्मा लिएसँगै युवाको उपचार सुरु गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बेबारिसे युवाको उपचारको सबै जिम्मा महानगरपालिकाले लिएको बताए ।

घुँडा भन्दा मुनी मात्रै काट्ने  काेशिस गरे पनि असर घुँडाको जोर्नीसम्म रहेको पाइएपछि त्यस भन्दा तलको भाग काट्नु परेको चिकित्सकले बताएका छन् । अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेल नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गर्दै ‘बर्जर डिजिज’ ले असर गरे जति भाग काटेर फ्यालिदिएको  हाे ।

Loading...