fbpx

सवारी लाइसेन्स बितरण व्यस्थित गर्न र समाजिक बहिष्कार गर्नेलाई कारवाहीकाे माग

एक नम्बर प्रदेश सभामा बुधबार

बिराटनगर २९ साउन । एक नम्बर प्रदेश सभाको बुधबारको बैठकमा साँसदहरुले सवारी लाइसेन्स बितरण प्रकृया व्यवस्थित गराउन र जातिय छुवाछुत गर्नेलाई कार्वाही गर्न माग गरे । बुधबार सम्पन्न एक नम्बर प्रदेश सभाको शुन्य समयमा बोल्दै खोटांङका साँसद राजन राईले दिक्तेल नगरपालिका १ कोलेबाली गाउँका ७६ बर्षिय टंकप्रसाद आचार्यलाई छुवाछुतको अरोपमा समाजिक बहिष्कार गर्नेहरुलाई कार्वाही गर्न माग गरे ।

बृद्ध आचार्यलाई १८ जेठमा छुवाछुत हटाउन आयोजना गरिएको सहभोजमा दही खाएको निहुँमा सानो जातसँग बसेर खाएको भन्दै समाजिक बहिष्कार गरेको थियो । साँसद राईले सँसदमा दिएको जानकारी अनुसार समाजिक परिवर्तनमा सहयोग पुरयाउने बृद्धलाई उल्टै अघोषित बहिष्कार गरेर समाजले समाजिक कार्जेबाट हटक गरेको जानकारी गराए ।

साँसद सुयर्माराज राईले सबारी लाइसेन्स बितरणमा अझै व्यापक अनियमिता भैरहेकोले नियन्त्रण गर्न माग गरे । उनले लाइसेन्स लिन अनिवार्य सवारीको प्रकार अनुसार तालिम लिने व्यवस्था गर्नुपर्छ भने । दक्ष चालकहरुले मात्र सवारी कुदाए जथाभावी भैरहेको दुर्घटना नियन्त्रण हुनसक्ने उनले बताए ।

मनमोहन बिश्वबिद्यालयबारे साँसदहरु बिभाजित

यस्तै सँसदमा छलफल भैरहेको मनमोहन प्राबिधिक बिश्वबिद्यालय स्थापना गर्न बनेको बिधेयकको छलफलमा साँसदहरु बिभाजित भएका छन । मोरंगको बुढीगंगा गाउँपालिका २ हात्तीमुढामा रहेको मनमोहन पोलिटेक्निकलाई समुदायसँग जोडेर एक नम्बर प्रदेश सरकारले प्राबिधिक बिश्वबिद्यालय बनाउन लागेको बिधेयकमा साँसदहरु बिभाजित भएका हुन ।

मनमोहन पोलिलाई प्रदेशिक प्राबिधिक बिश्वबिद्यालय बनाउनकालागि प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बिधेयकको छलफलमा सत्तापक्षका साँसदहरु नै बिभाजित भएका हुन । सत्ता र प्रतिपक्षका धेरै साँसदहरुले मनमोहनलाई प्रादेशिक प्राबिधिक बिश्वबिद्यालय बनाउने कुरा सकारात्क भएकोले भ्रष्टचार मुक्त्त राख्नुपर्नेमा जोड दिए । तर सत्ता पक्षकै साँसदहरु तुलसीप्रसाद न्यौपाने र राजेन्द्र राईले सरकारले सभामा प्रस्तुत गरेको बिधेयकमा फरक मत राखे ।

साँसद न्यौपानले बिश्बबिद्यालयले उच्च शिक्षाको तहलाई मात्र समेटने अन्तराष्टिय मान्यता भएकोले आधारभूत र माध्यमिक तहमा पनि शिक्षा प्रदान गर्ने कुरा बिश्वबिलयको नियम बिपरित हुने भएकोले सच्याउनु पर्ने बताए ।मुख्य प्रतिपक्षी दल काँग्रेस साँसद शान्ता पौडेल र केदार कार्कीले मनोहन पोलिलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन सरकारले बिश्बिद्यालय बनाउन लागेको आरोप लगाए ।

Loading...