fbpx

पुडासैनीको आत्महत्या अघिको भिडियो सन्देश : ‘रबि लामिछाने तिमीलाई एक दिन पैसाले पोल्नेछ’

काठमाडाैं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ । पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको हो ।

नेपाल आज अनलाइनमा सार्वजनिक  भएको भिडियोमा पुडासैनीले हात्महत्या गर्नुमा रबि लामिछाने र उनको टिमलाई दोष दिएका छन् । मानसिक टचरका कारण आफू डिप्रेशनमा परेको पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा बताएका छन् ।

तलब नबढेपछि न्यूज ट्वान्टीफोर टेलिभिजन छोडेका थिए । टिभी छाडेपछि उनी माउण्टेन टेलिभिजन प्रवेश गरेका थिए । तर युवतीको प्रयोग गरेर फसाउन  खाेजेपछि आत्महत्या गरेको मृत्यु अघिको भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेको भिडियो उनकै परिवारले सञ्चारमाध्यमलाई उपलब्ध गराएका छन् । चितवनको एक होटलमा पुडासैनीले रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो सार्बजनिक भएको हो । उनले भिडियोमा रवि लामिछाने, युवराज कँडेल र युवतीलाइ दाेष देखाएका छन् ।

विज्ञापन एजेन्सी मार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको उनले खुलासा गरेका छन् । रुँदै सार्बजनिक गरेको भिडियोमा भनेका छन् ‘ रबि लामिछाने तिमीलाई एक दिन पाप लाग्नेछ तिमी जस्तो अधर्मी कोही छैन् । दुनियाँलाई थर्काएर लुटेका छौं । कतिसँग करोडौं लिएका छौं मलाई भन्यौं भने मार्छु भन्थ्यौं । रबि.. रबि लामिछाने तिमिलाई एक दिन पोल्ने छ त्यो पैसाले याद गर… । यती पोल्छ नी रबि यती पोल्छ, मलाई पहिला १८ हजार दिएर तिमी करोडौं कमाथ्यौं । यति पोल्छ नि, रबि जस्तो भ्रष्ट, अरुको कहिले पनि प्रगति देख्न नसक्ने यो देशमा कोही छैनन् । रबिका अन्ध भक्ताहरूले राम्रो भन्लाल तर रबिको असरी रुप देख्न अरू केही वर्ष लाग्छ ।’

नुवाकोट बेलकोटगढी– ३ मा स्थायी घर भएका पत्रकार पुडासैनीकाे मृत्युपछि रवि लामिछानेले यस प्रकरणमा आफ्नो स्पष्टीकरणका लागि फेसबुक लाइभमा आउने बताएका छन्। उनले यस प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्।

 

भिडियाे नेपाल आजबाट साभार

Loading...