fbpx

लिभरपुलमा रोनाल्डोको ‘कट्टु’को चर्चा !

एजेन्सी,
इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर गिनी विज्नाल्डमले सन् २०१७–१८ को च्याम्पियन्स लिगको अवस्मरणीय क्षणबारे बताएका छन् । उनले सन् २०१७–१८ को च्याम्पियन्स लिगको फाइनल खेलअघि ड्रेसिङ रुममा भएको अवस्मरणीय क्षणको बारेमा बताएका हुन् ।

त्यस सिजनको च्याम्पियन्स लिगमा लिभरपुलले रियल मड्रिडसँग हारेको थियो । जसमा, रोनाल्डो सम्मेलित टोली रियलले लिभरपुललाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो । सो खेलमा ग्यारेथ बेलले रियलको उद्धार गरेका थिए ।

सन् २००७ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुल त्यतिबेला ठूलो दबाबमा थियो । तर, खेलअघि भने लिभरपुलको ड्रेसिङ रुमा प्रतिद्वन्द्वी क्लब रियलका स्टार क्रिस्टियानो रोनाल्डोको कट्टुको चर्चा चलेको लिभरपुलका स्टार विज्नाल्डमले खुलाएका छन् ।

उनले ‘द एथ्लेटिक’ नामक मिडियासँगको कुराकानीमा आफूले सो खेलअघि ड्रेसिङ रुममा भएको अवस्मरणीय क्षण कहिल्यै भूल्न नसकेको बताएका छन् । उनका अनुसार प्रशिक्षक जर्गेन क्लबेपले रियलसँग खेल्नुअघि रोनाल्डो ब्राण्डको अन्डरवेयर सबै खेलाडीलाई दिएका थिए ।

प्रशिक्षक क्लोपले टिमसँगको बैठकमै रोनाल्डोको अन्डरवेयर लगाएर खेल्न भनेका थिए । उनले भने, ‘हामीले देख्यौं क्लोपले रोनाल्डो ब्राण्डको अन्डरवेयर लगाएका थिए । उनले सो खेलअघिको मिटिङ त्यै शर्ट लगाएर गरे जसभित्र रोनाल्डो ब्राण्डको बक्सर थियो । त्यसपछि पूरै ड्रेसिङ रुम हाँसोले गुन्जिएको थियो ।’

यस्तै विज्नाल्डमले प्रशिक्षक क्लोपले सबैलाई खेलअघि हसाउने र आराम दिलाउने गरेको पनि बताए । ‘हामी दबाबमा थियौं । किनकी, हामी धेरैपछि च्याम्पियन्स लिगको फाइनल खेल्दै थियौं । तर, रोनाल्डो ब्राण्डको अण्डरवेयले हामीलाई धेरैबेर हसायो । तर, उनी त्यस्ता खालका सयौं चुट्किलाहरू हामीलाई सुनाइरहन्छन् । र, हामीलाई मनोरन्जन दिलाउँदै आत्मविश्वासी बनाउँछन् ।’

२८ वर्षीय विज्नाल्डमले प्रशिक्षक क्लोप एक प्रभावशाली प्रशिक्षक भएको बताए । उनले भने, ‘क्लोप एक प्रभावशाली प्रशिक्षक हुन् । उनी खेलाडीका लागि एक कुशल बुबा जस्ता छन् । उनको जोक्स र शरीरको हाउभाउले गर्दा खेलाडीले प्रेसर लिइरहनु पर्दैन ।’

सन् २०१७–१८ को च्याम्पियन्स लिग हारेपनि सन् २०१८–१९ को सिजनमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उसले फाइनल खेलमा टोनह्याम हटस्परलाई हराउँदै च्याम्पियन्स लिगेको ट्रफी आफ्नो बनायो ।

Loading...