fbpx

स्वस्थ रहन दैनिक कति र कसरी पिउने पानी ?

पानी जीवनको श्रोत हो । मानव शरीरका लागि मात्र नभएर सबै जीवित बस्तुहरुका लागि पानी अत्यावश्यक हो । मानव शरीरमा करिब ७० प्रतिशत पानीको मात्रा हुन्छ । त्यसमध्ये हड्डीमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेसीमा ७६ प्रतिशत र रगतमा ८३ प्रतिशत पानीको मिश्रण भएको हुन्छ ।

पानीको कमीले गर्दा शरीरमा डिहाईड्रेसन हुनुका साथै रगतको कमि पनि हुन सक्छ । पानी नखाई लामो समय सम्म बस्दा मानिसको मृत्यु समेत हुन सक्छ ।पानीले शरीरको तापक्रमलाई नियन्त्रण गर्नुका साथै कब्जियत हटाएर शारीरिक प्रक्रियालाई सुधार गर्न मद्दत गर्छ । शरीरमा पानीको कमी हुँदा छाला सम्बन्धी रोग समेत देखा पर्न थाल्छ ।

मानव शरीरलाई कति पानी चाहिन्छ भनेर थाहा हुदैन् । तर डा हेमराज कोइरालाका अनुसार शरीरमा पानीको सन्तुलन बनाईराख्नका लागि दैनिक ३ देखि ५ लिटरसम्मको पानी पिउने गर्नु पर्छ ।

यस मध्ये ७०० मिलि लिटर पानी खानाको माध्यमबाट र ३०० मिलि लिटर शरीर आफैले उप्त्पन्न गर्ने हुन्छ । शरीरमा बाँकी पानीको पूर्ति पिएर नै गर्नु पर्ने हुन्छ । एउटा सामान्य मानिसले पसिना, साश र दिसा पिसाबबाट दिनमा साँढे दुई लिटर पानी शरिर बाहिर फाल्ने गर्छ ।

शरीरलाई चाहिने पानीको मात्रा शरीरको तौल, मौसम, काम गर्ने तरिकामा भर पर्ने गर्छ । पुरुषभन्दा महिलाहरुको शरीरमा धेरै बोसो हुने हुँदा महिलाहरुले धेरै पानी पिउनु पर्छ ।

सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भअवस्थामा, स्तनपान गराईरहेका महिलाले अझ धेरै पानी पिउनु आवश्यक छ । तिर्खा लाग्नु भनेको शरीरमा पानीको अभाव भएको संकेत हो । त्यसैले, तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने गर्नु पर्छ ।

तिख्रा लाग्नुभन्दा अगाडीनै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने, पथरी, मिर्गौलाको समस्या, मोटोपन, हाड जोर्नी दुख्ने, अपच, अनिद्रा, एसिडिटी, ग्यास्ट्रिक, अल्सर, कब्जियत, मधुमेह, छाला सम्बन्धि रोग, महिनावारी गडबढी जस्ता विभिन्न रोगहरु लाग्नबाट बचाउने गर्छ ।

स्वस्थ रहनका लागि हरेक दिन बिहान उठ्ने बित्तिकै लगभग १२ सय मिलि लिटर पानी पिउनु पर्छ । यसो गर्दा रातभरि सुत्दा भएको डिहाइड्रेसनलाई कम गर्न सहयोग गर्छ । एकैपटक मा १२०० मिलि पुर्याउन नसकेमा दिनदिनै पिउने पानीको मात्रा बढाउदै लैजानु पर्छ ।

राति सुत्नु भन्दा अगाडी पनि प्रशस्त पानी पिएर सुत्नु पर्छ । यसो गर्दा सुतेको समयमा डिहाइड्रेसन हुन सक्दैन् । दैनिक १–१ घन्टाको अन्तरालमा १ देखि २ ग्लास सम्म पानी पिउँनु पर्छ ।

भोजन गर्नुभन्दा १ घन्टा पहिले र गरेपछि २ घन्टा सम्म पानी पिउनु हुँदैन । खाइरहेको बेला पनि पानी पिउनु हुँदैन् । तर, निल्न गार्हो भएमा १० मिलिजति पानी पिउन सकिन्छ । कुनै शारीरिक परिश्रम पर्ने काम गर्नुभन्दा आधा घन्टा पहिले प्रशस्त पानी पिउनु पर्छ । तिर्खा लागेको बेलामा कोल्डड्रिङ्स तथा अन्य पेय भन्दा पनि पानी नै पिउने गर्नु पर्छ ।

शरीरमा चाहिने पानीको मात्रा पूर्याउनका लागि एकै पटक धेरै पानीको पिउन हुँदैन् । यसो गर्दा मिर्गौलामा असर गर्न सक्छ ।
केही समयको अन्तरालमा पानी पिउने बानी बसाउनु पर्छ । पानीको मात्रा पिएर पूर्ति गर्न नसकेको खण्डमा पानीको मात्रा धेरै हुने फलफुल, झोलिलो पदार्थ, जुस तथा खानेकुराको सेवन गर्दा पनि हुन्छ ।

Loading...