fbpx

‘साहो’ ले प्रदर्शन अघि नै कमायो ३ सय २० करोड

विराटनगर । फिल्मको प्रदर्शन मिती नजिकिदै गर्दा साहोले तीनसय २० करोड कमाएको छ । फिल्मका मुख्य अभिनेता प्रभास र अभिनेत्री श्रद्धा कपुर निर्माण टिमका साथ फिल्मको प्रचार प्रसारमा ब्यस्त रहेका छन् । फिल्मलाई करिब ३५० करोड भारूको महंगो बजेटमा निर्माण गरिएको छ ।

फिल्मको ८ मिनेट लामो एक एक्सन सिनको लागि निर्माण टिमले ७० करोड भारतीय रुपैयाँ खर्च गरेको थियो । ७० करोड बजेटमा बलिउडमा फिल्म नै निर्माण गर्न पनि सकिन्छ । यसका साथै फिल्मले आफ्नो लगानी सुरक्षित गर्न सकिन्छ कि सकिदैन् भनेर धेरैको चासोको विषय पनि बनेको छ ।

तर, ‘साहो’ ले प्रदर्शन अगावै ३ सय २० करोड कमाइसकेको छ । भारतीय मिडियाहरुका अनुसार फिल्मका मेकर्सले फिल्मको थिएट्रिकल राइट्सलाई ३ सय २० करोडमा बिक्री गरेका छन् ।

फिल्मको सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन अझ बाँकी नै रहेको छ । बहुप्रतिक्षित फिल्म ‘साहो’ अगस्त ३० अर्थात् भदौ १६ का गते प्रदर्शनमा आउने छ ।सार्वजनिक भएका फिल्मका विभिन्न पोस्टर, टिजर तथा गीतहरुले दर्शकहरुको मन जित्न सफल भएको छ ।

एक्सन थ्रिलर जनरामा आधारित रहेको फिल्म ‘साहो’ लाई निर्माण गर्न र प्रचार गर्न फिल्मका निर्देशक सुजित र निर्माण टिमले कुनै कसर बाँकी राखेका छैनन् । फिल्ममा प्रभास र श्रद्धाका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

फिल्ममा नील भिलेनको रोलमा, श्रद्धा पुलिसको भूमिका र प्रभासले क्राइम ब्रान्च अफिसरको भूमिका निर्वाह गरेका छन् । फिल्म हिन्दी, तमिल र तेलेगु भाषामा एकसाथ रिलिज हुने भएको छ ।

Loading...