fbpx

यूरोपमा ‘लप्पन छप्पन’ गर्दै चार कलाकार

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल ‘लप्पन छप्पन २’को छायांकन भइरहेको छ । दयाहाङ राई, सौगात मल्ल, अनुपबिक्रम साही सहितका कलाकारहरुको अभनय रहेको चलचित्रको छायाँकन यूरोपको विभिन्न स्थानहरुमा भइरहेको छ ।

‘लप्पन छप्पन २’ को छायांकनका लागि अहिले फिल्मका ४ मुख्य अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही यूरोपमा छन् ।

अनुपले सामाजिक सञ्जाल मार्फत चारजना एकै ठाउँमा उभिएको तस्विर सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको तस्विरमा सौगातलाई फरक गेटअपमा देख्न सकिन्छ । सौगातको ग्याङ्गस्टार लुक्स भएको चलचित्रलाई ‘डेन्जरस गेम’ भनिएको छ ।

सौगातको हुलियाबाट उनी फिल्ममा नेगेटिभ भूमिका रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, देव कुमार, सुरविना कार्की, सृजना सिनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा बन्दै गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने छन् । चलचित्रको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया

Loading...