fbpx

अमेरिकामा ‘पुरानो बुलेट’

विराटनगर । नेपाली चलचित्र ‘पुरानो बुलेट’ अमेरिकामा प्रदर्शन हुने भएको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र अमेरिकामा प्रदर्शन हुने भएको हो ।

चलचित्र अमेरिकाको न्यूयोर्कस्थित गुल्सन थिएटर (टेरेस)मा सेप्टेम्बर १ मा प्रदर्शन हुनेछ । आरएण्डबी ग्लोबल म्यानेजमेन्ट आईएनसीका राजेन्द्र राई, बिजेन्द्र राई र रोस्मन राईले प्रदर्शनको जिम्मा लिएका छन् । चलचित्रलाई १०ः३० र १ः३० गरेर दुई पटकको शो देखाइने आयोजक राजेन्द्र राईले जानकारी दिए ।

भीषण राईले निर्देशन गरेको चलचत्रि ‘पुरानो बुलेट’मा नायक अनुपक्रिम शाही मुख्य भूमिकामा छन् । चलचित्रमा वर्षा शिवाकोटी र माला लिम्बु, शिव मुखिया, कविता आलेमगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, मात्रिका पौडेल, लक्षणा राई लगायतको भूमिका छन् ।

चलचित्रलाई यसअघि हङकङ, कोरिया र जापानमा पदर्शन गरिएको थियो । केही दिन अघि धरानको गोर्खा सिनेप्लेक्समा च्यारिटी शो भएको थियो ।

प्रतिक्रिया

Loading...