fbpx

बार्यन म्युनिखको नयाँ सदस्य इभान

एजेन्सी । क्रोएसियाका फरवार्ड खेलाडी इभान पेरिसिचलाई बायर्न म्युनिखले भित्र्याएको छ । इटालियन क्लब इन्टर मिलानबाट खेलिरहेका इभानलाई जर्मन च्याम्पियन क्लब बार्यनले लोनमा भित्र्याएको हो ।

सन् २०१८ को विश्वकपको उपबिजेता क्रोएसियाका खेलाडी पेरिसिचसँग जर्मन लिगको अनुभव छ । यसअघि बोरुसिया डर्टमुन्ड र भिएफएल वलफ्सबर्गबाट उनले जर्मन लिग खेलेका छन् । इटालीबाट पून जर्मन फर्किएका उनलाई आउदो सिजन बार्यनले खरिद गर्ने बताइएको छ ।

बायर्नका खेलकुद निर्देशक हसन सलिहमिदिजले पेरिसिच आगमनले क्लबलाई फाइदा पुग्ने बताए । ‘इभान सिधै हाम्रो टोलीबाट खेल्ने खेलाडी हुन् । उनले भने ‘ इभानसँग जर्मन लिगको अनुभव छ ।’ हसनले इभानको खेल्ने शैलीको तारिफल गरेका छन् ।

बायर्नले यसअघि म्यानचेस्टर सिटीका मिडफिल्डर लेरोय सानेलाई भित्र्याउने तयारी गरेको थियो । तर २३ वर्षीय साने कम्युनिटी सिल्ड खेलका क्रममा घाइते भएपछि उनको स्थानमा इभानलाई ल्याएको हो ।

प्रतिक्रिया

Loading...