fbpx

सुपर कपको उपाधिकालागि लिभरपुल र चेल्सी भिड्दै, कसले मार्ला बाजी ?

विराटनगर । युईएफए सुपर कप फुटबलको उपाधिकालागि आज इंन्ग्लिस क्लब लिभरपुल र चेल्सीबीच भिडन्त हुँदैछ । नयाँ सिजन सुरु हुन् अघिको उपाधि भिडन्त टर्कीको स्तानबुलमा हुनेछ ।

लिभरपुल र चेल्सीबीचको उपाधि भिडन्त नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रदैछन् ।

बुधाबार मैदान उत्रदा लिभरपुल चौंथो पटक उपाधि आफ्नो पक्षमा ल्याउने दाउमा छ । चेल्सी पनि लिभरपुललाई रोक्दै पहिलो पटक उपाधि जित्ने योजनामा छ ।

प्रिमियर लिगकाे नयाँ सिजनकाे पहिलाे खेलमा नर्विचलाई पराजित गर्दै सुखद सुरूवात गरेकाे लिभरपुल उच्च मनाेबलका साथ मैदान उत्रदै गर्दा पहिलो रोजगाईका गोल रक्षक एलिसन बेकर भने मैदान बाहिरै हुनेछन् । बेकरकाे अनुपस्थितिमा लिभरपुललाई केही असहज हुनेछ । प्रिमियर लिगको पहिलो खेलमा चोट बोकेका एलिसनकेही समय मैदान बाहिर रहनेछन् ।

प्रिमियर लिगमा खराब सुरुवात गरेको चेल्सी उपाधि जितेर इतिहास जित्ने दाउमा छ ।

प्रतिक्रिया

Loading...