fbpx

पथरी शनिश्चरेमा आगलागी, ११ लाखको क्षती

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ लिच्ची डाडा स्थित एक होटलमा आगलागी हुँदा ११ लाख बरावरको क्षति भएको छ ।
बुधबार बिहान भएको आगलागीबाट ११ लाख बरावरको क्षति भएको हो ।

बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटी बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैयाँ समेत जलेर नष्ट हुँदा उक्त रकम बराबरको क्षती भएको हो ।

आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया

Loading...