fbpx

यातायात कार्यालयमा लाइन लाग्नुपर्ने बाध्यताकाे अन्त्य, टोकन सिष्टम लागु

इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीमा सेवा लिनुपरे दिनभरी लाइन लाग्नुपर्ने बाध्यता थियो । लाइनसँगै सेवा लिन झन्झटिलो व्यवस्था थियो । तर अब भने लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यातायात कार्यालयमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) लागु भएपछि सेवाग्राहीलाई सहज भएको हो ।

सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टौ तातोघाममा लाइन बस्नुपर्ने बाध्यता पनि हटेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रिक मेसिन उपलब्ध गराएपछि धेरै सहज भएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीका कामु प्रमुख बिन्दाकुमारी नेपालले बताइन् ।

सवारीचालक अनुमतिपत्रको फारमका लागि टोकन लिनलाई आफ्नो सक्कल नागरिकता, अनलाइन बिल लिएर मात्र टोकन दिने सिष्टम लागू गरिएको छ । उक्त वायोमेट्रिक प्रणालीको मेसिनका लागि प्रदेश सरकारले सात लाख बराबरको बजेट विनियोजन गरेको थियो । सवारी चालकको फारम भर्न भोजपुरबाट इटहरी आउनुभएका लीला बस्नेतले उक्त मेसिन आएपछि केही सहज भएको छ । रासस

प्रतिक्रिया

Loading...