fbpx

बकरइदमा कतारमा नेपथ्यको ‘शान्तिको लागि सङ्गीत’

दोहा । नेपालको चर्चित सांगितिक व्याण्ड नेपथ्यले इस्लाम धर्मावलम्बीहरूको पर्व बकरइदको अवसरमा कतारमा सांगितक कार्यक्रम गरेको छ । ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्यका अमृत गुरुङसहितको टोलीले कतारमा सांगितिक कार्यक्रम गरेको हो ।

कतारको ग्राण्ड मलस्थित एशियन टाउनको एम्पिथिएटरमा भएको कार्यक्रममा नेपथ्यका गायक गुरुङले गीत सङ्गीतकै क्रममा राष्ट्र समृद्ध बनाउन सबैजना जुट्नु पर्ने भन्दै आफ्ना निकै पुराना तथा नयाँ चर्चित गीतहरु गाएर दर्शकको मन जित्ने बताए ।

नेपथ्य ब्याण्डको कतार दोस्रो यात्रा हो । ब्याण्डमा ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, किबोर्डमा सुरज थापा र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए । रासस

प्रतिक्रिया

Loading...